२०८३ बैशाख ११ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ११ शुक्रबार

वैशाख २३ गतेदेखि आईपीओ ल्याउँदै टक्सार पिखुवा खोला हाइड्रोपावर

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आगामी वैशाख २३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्री खुला गर्ने जनाएको हो । यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५ दशमलव २६ प्रतिशत बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको थियो । यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ३ लाख ३ हजार ६७ कित्ता शेयर विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूलाई वितरण गरिसकिएको छ ।

त्यसैगरी, सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता तथा कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याएर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

अब कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर बिक्री खुला गर्न लागेको हो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

आईपीओ बिक्री छिटोमा वैशाख २८ गतेसम्म खुला रहनेछ । आवश्यक आवेदन नपरेमा बिक्री अवधि जेठ ६ गतेसम्म लम्बिन सक्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।