२०८३ बैशाख १५ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १५ मंगलवार

विद्यार्थीलाई गाडी भाडामा अनिवार्य ४५ प्रतिशत छुट दिन निर्देशन

काठमाडौं । सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले कडाइ गरेको छ ।

विभागले हालै यातायात व्यवसायी तथा सम्बन्धित निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियत पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । यस क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई समेत विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।

इन्धन मूल्यवृद्धिपछि केही सार्वजनिक सवारीले विद्यार्थीलाई तोकिएको छुट नदिएको गुनासो बढ्दै गएको विभागले जनाएको छ । ‘हेलो सरकार’ तथा गुनासो पेटिकामार्फत ४५ प्रतिशत छुट नपाएको भन्दै विद्यार्थीबाट उजुरीहरू आइरहेका छन् ।

यस्तै, चालक र सहचालकले परिचयपत्र देखाउँदा समेत सहुलियत दिन नमानेको तथा दुव्र्यवहार गरेको गुनासो आएपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो ।

विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति सम्झाउँदै विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था कायमै रहेको स्पष्ट पारेको छ ।

यदि कुनै सवारीसाधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन अस्वीकार गरे कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।