२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

एसईई: ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा घोषणा गरेको हो।

बोर्डका अनुसार यसपटक ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यद्यपि, नतिजा वेबसाइटमा भने केही समयपछि मात्र हेर्न मिल्ने जानकारी दिइएको छ।

यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण अघिल्ला वर्षको तुलनामा नतिजा छिट्टै सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

एसईईमा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।

 

यसरी हेर्नुहोस् नतिजा

कार्यालयद्वारा जारी सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

एसएमएस तथा आईभीआर सेवामार्फत नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बर प्रयोग गर्न सकिनेछ। यसैगरी जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, अनलाइनमार्फत नतिजा हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिइएको छ। आधिकारिक रूपमा www.see.gov.np र www.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ भने नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुरको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com तथा खल्ती एपमार्फत पनि नतिजा उपलब्ध हुने जनाइएको छ।

यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, मेरो स्टडी, एम्बिसन गुरु र इन्द्रेणी टाइम्सलगायतका प्लेटफर्मबाट पनि विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यममार्फत मात्रै नतिजा हेर्न तथा पुष्टि गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ।

 

एसईई नतिजा सार्वजनिकको तयारी, यी माध्यमबाट हेर्न सकिने

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।