२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

एसईई नतिजा सार्वजनिकको तयारी, यी माध्यमबाट हेर्न सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ अन्तर्गतको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। नतिजा प्रकाशनसँगै विद्यार्थीहरूले विभिन्न माध्यममार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

कार्यालयद्वारा जारी सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

एसएमएस तथा आईभीआर सेवामार्फत नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बर प्रयोग गर्न सकिनेछ। यसैगरी जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, अनलाइनमार्फत नतिजा हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिइएको छ। आधिकारिक रूपमा www.see.gov.npwww.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ भने नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुरको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com तथा खल्ती एपमार्फत पनि नतिजा उपलब्ध हुने जनाइएको छ।

यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, मेरो स्टडी, एम्बिसन गुरु र इन्द्रेणी टाइम्सलगायतका प्लेटफर्मबाट पनि विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्नेछन्।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यममार्फत मात्रै नतिजा हेर्न तथा पुष्टि गर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ।

687585661_26781631154831616_7822944639857002376_n

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।