२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नयाँ ट्र्याक खुलेसँगै कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । भासिएको सडकका कारण काठमाडौँसँगको सडक सम्पर्क नै प्रभावित बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण भएपछि यातायात पुनः सहज बनेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बिहीबार असोज १ गते बिहान ६ बजेदेखि कृष्णभीर क्षेत्रमा सवारी साधन दुवैतर्फ सञ्चालन हुन थालेका हुन् । सडक डिभिजन कार्यालयले भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरेपछि राजमार्ग सञ्चालनमा आएको हो ।

भदौ १० र १४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक सम्पर्क टुट्दा काठमाडौँतर्फ आउने–जाने सवारी साधन प्रभावित भएका थिए ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जारी गरेको सूचनाअनुसार नयाँ ट्र्याकबाट राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

यद्यपि, राजमार्ग खुले पनि जोखिम भने पूर्ण रूपमा हटेको छैन । विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने सम्भावना रहेकाले प्रशासनले चालक र यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विशेषगरी वर्षाका बेला सडकमा कुनै अवरोध वा जोखिम देखिएमा जबर्जस्ती यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीको निर्देशन पालना गर्न र आधिकारिक सूचनालाई आधार बनाएर मात्रै यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।