२०८३ बैशाख ११ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ११ शुक्रबार

सेयर बजारमा सामान्य सुधार, नेप्से १.५४ अंकले बढ्यो

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजारले शुक्रबार सामान्य सुधार देखाएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.५४ अंकले बढ्दै २७८८ अंकमा पुगेको हो। यसअघि बजार लगातार गिरावटमा रहेको थियो।

कारोबार रकममा पनि सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन ५ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

आजको कारोबारमा ८७ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत रूपमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन तथा व्यापार समूहमा सामान्य वृद्धि देखिएको छ।

यता, अन्य समूहमा सबैभन्दा धेरै गिरावट आएको छ। निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी तथा फाइनान्स समूह पनि घटेका छन्।

कारोबारका क्रममा तीन कम्पनीको शेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। ती कम्पनीहरूमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढ्यो ।

मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।