२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

तिब्बतबाट आएको भीषण बाढीले रसुवामा ठूलो क्षतिको आशंका (भिडियो)

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट एक्कासि आएको भीषण बाढीले जिल्लाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको छ। बाढीका कारण टिमुरेसहित नदी आसपासका बस्ती तथा बजार प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अशोक थापाका अनुसार बाढीको प्रभाव गत वर्षको तुलनामा निकै ठूलो देखिएको छ। उनका अनुसार प्रारम्भिक रूपमा हेर्दा गत वर्षभन्दा कम्तीमा १० गुणा ठूलो विनाश भएको अनुमान गरिएको छ।

बाढीपछि तटीय क्षेत्रमा रहेका दर्जनौँ बस्ती तथा बजारमा क्षति पुगेको बताइएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रभावित क्षेत्रसँग सम्पर्क स्थापित हुन नसकेको डिएसपी थापाले बताएका छन्।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा परिचालित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीसमेत सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। यसले क्षतिको वास्तविक अवस्था यकिन गर्न थप कठिनाइ भएको छ।

बुधबार बिहान करिब ९ बजे रसुवाको टिमुरे बजार क्षेत्रमा अचानक बाढी आएको थियो। बाढीको तीव्र बहावका कारण टिमुरे बजार आसपासका बस्तीमा ठूलो क्षति पुगेको बताइएको छ।

बाढीको कारण र क्षतिको विस्तृत विवरण भने उद्धार तथा खोजी टोली प्रभावित क्षेत्रमा पुगेर सम्पर्क स्थापित भएपछि मात्र यकिन हुने देखिएको छ। यसअघि पनि तिब्बततर्फबाट आएको आकस्मिक बाढीले भोटेकोशी नदीमा ठूलो क्षति पुर्‍याएको थियो।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।