२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेपालमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिने

काठमाडौं । स्वदेशमै अत्यावश्यक औषधिको उत्पादन बढाएर औषधिमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तय गरिएको हो । हाल कम्पनीले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ ।

नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगसँग सम्बन्धित औषधिको उत्पादन सुरु गरिनेछ । त्यसका लागि आवश्यक अनुसन्धान, विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्र रूपमा अघि बढाइने मन्त्रालयले जनाएको छ ।

समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ । साथै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच संस्थागत तथा नियमित प्रणालीमार्फत गरिने व्यवस्था मिलाइनेछ ।

यस कदमले सरकारी खरिद प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिनेछ ।

सरकारले यस पहलमार्फत स्वदेशी औषधि उद्योगको प्रवद्र्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता घटाउने तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने दीर्घकालीन लक्ष्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।