२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

डेभिडको ह्याट्रिकमा क्यानडाको ऐतिहासिक जित, चेकिया र दक्षिण अफ्रिका बराबरीमा

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतारलाई ६–० ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको छ । विश्वकपको समूह चरणमा क्यानडाले पहिलोपटक जित निकाल्न सफल भएको हो ।

सन् १९८६ र २००२ को विश्वकपमा सहभागिता जनाए पनि क्यानडाले समूह चरणमा कुनै जित दर्ता गर्न सकेको थिएन । कतारविरुद्धको फराकिलो जित क्यानडाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो अन्तरको विजय बनेको छ ।

क्यानडाले खेलको १६औँ मिनेटमा क्लाइल केरिनको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि ३९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको इन्जुरी समयमा पुनः गोल गर्दै टोलीलाई ३–० को मजबुत अग्रता दिलाए ।

कतारले खेलभर दबाब झेल्नुपर्‍यो । ३३औँ मिनेटमा होमाम अहमद रेड कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो । दोस्रो हाफको ५५औँ मिनेटमा असिम ओमामिदो पनि रातो कार्ड पाएपछि कतार नौ खेलाडीमा झर्‍यो ।

खेलको ६३औँ मिनेटमा लियाम मिलरले क्यानडाको चौथो गोल गरे। ७४औँ मिनेटमा मोहम्मद मुनाइबाट आत्मघाती गोल भएपछि स्कोर ५–० पुग्यो । इन्जुरी समयमा जोनाथन डेभिडले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै क्यानडाको जित ६–० मा सुनिश्चित गरे ।

यस जितसँगै क्यानडाले दुई खेलबाट चार अंक बनाएको छ । पहिलो खेलमा उसले बोस्निया–हर्जगोभिनासँग बराबरी खेल्दै एक अंक हासिल गरेको थियो ।

चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिए
विश्वकपको अर्को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेकियाले खेलको सुरुआतमै अग्रता बनाएको थियो । पाँचौँ मिनेटमा मिखाइल सेड्लिकले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । एडम होल्जेकको पासलाई अलेक्सजेन्डर सोज्काले उत्कृष्ट रूपमा नियन्त्रण गरेपछि सेड्लिकले अवसर सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए ।

पहिलो हाफमा अग्रता जोगाएको चेकियाविरुद्ध दक्षिण अफ्रिकाले दोस्रो हाफमा पुनरागमन ग¥यो । ८१औँ मिनेटमा प्याबेल सुलकबाट ह्यान्डबल भएपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई थेबो मोनेकाले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

खेल १–१ को बराबरीमा सकिएपछि दुवै टोलीले एक–एक अंक प्राप्त गरेका छन् । यसअघि पहिलो खेलमा चेकिया दक्षिण कोरियासँग २–१ ले पराजित भएको थियो भने दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले हारेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।