काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको खेलमा नेपालले अमेरिकालाई एकतर्फी रूपमा पराजित गर्दै शानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले केवल एक विकेट गुमाएर ३६.४ ओभरमै पूरा गर्यो ।

नेपालको सहज जितमा ओपनर कुशल भुर्तेल चम्किए । तीन खेलपछि टोलीमा फर्किएका उनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अविजित १२० रन बनाए । ११८ बल खेलेका भुर्तेलले १३ चौका र चार छक्का प्रहार गर्दै अमेरिकन बलरमाथि दबाब सिर्जना गरेका थिए ।
भुर्तेलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको मजबुत साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे । भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा यो दोस्रो शतकसमेत हो ।
-1778927391.jpg)
-1778927391.jpg)
-1778927389.jpg)
-1778927389.jpg)
-1778927428.jpg)

-1778927426.jpg)
-1778927426.jpg)
Post Views: 111










