२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत भएको खेलमा नेपालले अमेरिकालाई एकतर्फी रूपमा पराजित गर्दै शानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले केवल एक विकेट गुमाएर ३६.४ ओभरमै पूरा गर्‍यो ।

नेपालको सहज जितमा ओपनर कुशल भुर्तेल चम्किए । तीन खेलपछि टोलीमा फर्किएका उनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अविजित १२० रन बनाए । ११८ बल खेलेका भुर्तेलले १३ चौका र चार छक्का प्रहार गर्दै अमेरिकन बलरमाथि दबाब सिर्जना गरेका थिए ।

भुर्तेलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको मजबुत साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे । भुर्तेलको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा यो दोस्रो शतकसमेत हो ।

Nepal-vs-USA_Nepal-(3)-1778927391.jpg

Nepal-vs-USA_Nepal-(4)-1778927391.jpg

Nepal-vs-USA_Nepal-(1)-1778927389.jpg

Nepal-vs-USA_Nepal-(2)-1778927389.jpg

Nepal-vs-USA_Nepal-(15)-1778927428.jpg

Nepal-vs-USA_Nepal-(13)-1778927426.jpg

Nepal-vs-USA_Nepal-(14)-1778927426.jpg

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।