२०८३ बैशाख २४ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २४ बिहीबार

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसर पारेर आज (वैशाख २४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार आज प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन् ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसका रूपमा मनाइने उक्त अवसरमा बिदा दिने निर्णय २०८२ चैत २३ गते प्रकाशित प्रदेश राजपत्र भाग–३ मा उल्लेख गरिएको छ ।

बागमती प्रदेश सरकारले २०८० वैशाख २४ गतेदेखि सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदै हरेक वर्ष भाषा दिवस मनाउँदै आएको छ । प्रदेशले नेपाली भाषासहित तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता दिएको छ । यससँगै बागमती तीन सरकारी कामकाजी भाषा प्रयोग गर्ने प्रदेश बनेको छ ।

जनसंख्याको आधारमा पनि तामाङ समुदाय बागमती प्रदेश मा सबैभन्दा ठूलो समुदायका रूपमा रहेको छ । प्रदेशको कुल जनसंख्यामध्ये २० दशमलव ५४ प्रतिशत तामाङ समुदायको बसोबास रहेको तथ्यांक छ । त्यस्तै, ब्राह्मण समुदाय १८ दशमलव ३२ प्रतिशत, क्षेत्री १७ दशमलव १३ प्रतिशत तथा नेवार समुदाय १७ दशमलव ७ प्रतिशत रहेका छन् । मगर, विश्वकर्मा र गुरुङ समुदायको जनसंख्या क्रमशः ४ दशमलव ८७, २ दशमलव ५ र २ दशमलव २२ प्रतिशत रहेको उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।