काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला २७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ थियो ।
चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

Post Views: 57









