२०८३ बैशाख ९ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ९ बुधबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटसँगै बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार एक समय २ हजार ८१७ दशमलव ५५ विन्दुसम्म पुगे पनि अन्त्यमा घटेर बन्द भएको हो ।

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको समाचार सार्वजनिक भएपछि बजार केही समय सकारात्मक बनेको देखिए पनि उक्त वृद्धि टिक्न सकेन । अन्ततः नेप्से परिसूचक २ दशमलव ९५ अंकले घटेर २ हजार ८०४ दशमलव १७ विन्दुमा झरेको छ ।

आज १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

समग्र बजारमा १२१ कम्पनीको शेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो । कुल ३४२ धितोपत्र कारोबारमा आएका थिए ।

बुधबार फाइनान्स शून्य दशमलव ५८, निर्जीवन बीमा शून्य दशमलव ३८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, बैंकिङ शून्य दशमलव १३ र लगानी समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

यस्तै होटेल तथा पर्यटन २ दशमलव ३६, व्यापार १ दशमलव १, विकास बैंक शून्य दशमलव जीवन बीमा शून्य दशमलव २५, माइक्रोफाइनान्स शून्य दशमलव १५, हाइड्रोपावर शून्य दशमलव ०६, म्युचुअल फण्ड शून्य दशमलव ४ र अन्य समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट र इन्ड्रस्ट्रीज शिखर पावर डेभलपमेन्ट रहेका छन् । यस्तै झापा इनर्जी १४ दशमलव ०५, गणमति लघुवित्तको शेयर मूल्य ९ दशमलव १६ प्रतिशतले बढेको छ ।

यसदिन होटल फरेष्ट इन १० दशमलव ७, एशियन हाइड्रोपावर ८ दशमलव ३८, कर्पोरेट डेभलपमेन्ट बैंक ७ दशमलव ८४, सुपर खुदी हाइड्रोपावर ७ दशमलव ७८ र मुक्तिनाथ म्युचुअल फण्डको शेयर मूल्य ४ दशमलव ४ प्रतिशतले ह्रास आएको छ ।

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका हुन्।

गुरुङले आफ्नो नाम जोडिएका विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व (Conflict of Interest) नदेखियोस् भन्ने उद्देश्यले पद त्याग गरेको स्पष्ट पारेका छन्।

“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन्।

उनले पदभन्दा ठूलो नैतिकता हुने उल्लेख गर्दै जनविश्वास नै सबैभन्दा ठूलो शक्ति भएको पनि बताएका छन्।

त्यस्तै, उनले हाल देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसहित उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको उल्लेख गरेका छन्।

“सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानको आधारमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनको भनाइ छ।

उनले अन्त्यमा आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी पूरा गरेको पनि स्पष्ट पारेका छन्।

sudan-gurung-rajinama-1776848116.JPG

काठमाडौं । सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले कडाइ गरेको छ ।

विभागले हालै यातायात व्यवसायी तथा सम्बन्धित निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियत पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो । यस क्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई समेत विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।

इन्धन मूल्यवृद्धिपछि केही सार्वजनिक सवारीले विद्यार्थीलाई तोकिएको छुट नदिएको गुनासो बढ्दै गएको विभागले जनाएको छ । ‘हेलो सरकार’ तथा गुनासो पेटिकामार्फत ४५ प्रतिशत छुट नपाएको भन्दै विद्यार्थीबाट उजुरीहरू आइरहेका छन् ।

यस्तै, चालक र सहचालकले परिचयपत्र देखाउँदा समेत सहुलियत दिन नमानेको तथा दुव्र्यवहार गरेको गुनासो आएपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो ।

विभागले २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति सम्झाउँदै विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था कायमै रहेको स्पष्ट पारेको छ ।

यदि कुनै सवारीसाधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन अस्वीकार गरे कारबाही प्रक्रिया अघि बढाइने विभागले चेतावनी दिएको छ ।

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा कायम भएको छ । हिजो प्रतितोला ५ हजार १६० रुपैयाँ थियो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७५४.०५ अमेरिकी डलर र चाँदी ७७.९१ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आउँदो वैशाख २१ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने तयारी गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये १० प्रतिशत अर्थात् ८५ लाख रुपैयाँ बराबरका ८५ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीहरुका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानी गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २४ गतेसम्म आवेदन दिन पाउनेछन् । तोकिएको अवधिमा सबै शेयरका लागि आवेदन नपरेमा म्याद जेठ ४ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

यस आईपीओका लागि गरिएको क्रेडिट रेटिङ्ग अनुसार केयर रेटिङ्गस् नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।