२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

प्रतिवेदन : ओली, लेखक र खापुङमाथि कारबाही सिफारिस

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन हाल अनौपचारिक रूपमा बाहिर आएको छ। यसअघि सरकारले विभिन्न दबाब र विरोधका बाबजुद प्रतिवेदन सार्वजनिक गरेको थिएन।

प्रतिवेदनमा भदौ २३ गतेको जेनजी आन्दोलनमा लापरबाही र हेलचेक्र्याइँका कारण ज्यान गएको घटनाका मुख्य दोषीहरू पहिचान गरिएको छ।

प्रमुख दोषी र कारबाही सिफारिस

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङलाई मुख्य दोषी ठहर गर्दै मुलुकी अपराध संहिता (दफा १८१) अनुसार अनुसन्धान र कारबाही सिफारिस गरेको छ।

प्रतिवेदनमा भनिएको छ कि:

  • पदाधिकारीहरूको लापरबाही र हेलचेक्र्याइँका कारण किशोर–किशोरीसहित युवाहरूको ज्यान गएको
  • दफा १८१ अनुसार दोषी ठहर भएकालाई ३–१० वर्षसम्म कैद र ३० हजार–१ लाख रुपैयाँ जरिवाना हुन सक्ने व्यवस्था छ।

अन्य सरकारी अधिकारीहरूको जिम्मेवारी

आयोगले भदौ २३ गतेको आन्दोलनमा संलग्न तत्कालीन सरकारी अधिकारीहरूलाई समेत कारबाही सिफारिस गरेको छ:

गृह मन्त्रालय र सुरक्षा निकाय:

  • गृहसचिव गोकर्णमणि दुवाडी
  • सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल
  • राष्ट्रिय अनुसन्धान प्रमुख हुत्तराज थापा
  • काठमाडौंका तत्कालीन सीडीओ छविराज रिजाल

यी अधिकारीहरूलाई दफा १८२ अनुसार हेलचेक्र्याइँ र लापरबाहीको कारण ज्यान गएको भन्दै अनुसन्धान र अभियोजन सिफारिस गरिएको छ।

प्रहरी र अनुसन्धान निकायका अधिकारीहरू

नेपाल प्रहरी:

  • तत्कालीन आइजीपी चन्द्रकुवेर खापुङ
  • उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यवाहक प्रमुख डीआइजी ओम राना
  • प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रमुख एआइजी सिद्धिविक्रम शाह
  • एसएसपी दीपशमशेर जवरा, एसपी ऋषिराम कँडेल, एसएसपी विश्व अधिकारी

सशस्त्र प्रहरी बल:

  • आइजीपी राजु अर्याल, एआइजी नारायणदत्त पौडेल, डिआइजी कुमार श्रेष्ठ, एसपी जीवन केसी

राष्ट्रिय अनुसन्धान विभाग:

  • तत्कालीन प्रमुख हुत्तराज थापा
  • उपत्यका अभियान महाशाखाका सह-निर्देशक कृष्णप्रसाद खनाल
  • काठमाडौं प्रमुख सह-अनुसन्धान निर्देशक रिबेनकुमार गच्छदार

यी सबैलाई हेलचेक्र्याइँ र लापरबाहीका कारण अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको छ।

जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।