२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

बालेनको बयान–आन्दोलन शान्त पार्न आफू सक्रिय

रास्वपाका वरिष्ठ नेता बालेन शाहले भदौ २३ र २४ गते आफू आन्दोलनस्थलमा नभई सरकारी निवास लैनचौरमै रहेको बताएका छन्। उनले गौरीबहादुर कार्की आयोगसमक्ष दिएको बयानमा ती दुई दिन आफू निवासमै रहेको र २३ गतेको शान्तिपूर्ण र्‍यालीलाई समर्थन गरे पनि प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी नभएको स्पष्ट पारे।

शाहका अनुसार व्यवसायी तथा रेष्टुरेन्ट सञ्चालकहरूको आग्रहपछि महानगर प्रहरी बलमार्फत पानी वितरण गरिएको थियो। उनले २३ गते बेलुका मात्र सञ्चार माध्यमबाट स्थिति तनावपूर्ण बन्दै गएको जानकारी पाएको उल्लेख गरेका छन्। साथै, आफ्नो सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले अनियन्त्रित बन्दै गएको आन्दोलनलाई शान्त पार्न सहयोग पुगेको दाबी पनि गरेका छन्।

जनआस्थाको सौजन्यमा प्राप्त प्रतिवेदन अंशअनुसार, २४ गतेको घटना दुखद रहेको र त्यसको कारण २३ गतेको अत्यधिक बल प्रयोग तथा ‘आतंकवादी शैली’को कार्य हुन सक्ने उल्लेख गरिएको छ।

शाहले राष्ट्रपति र सेनापतिको आग्रहमा आफूले आन्दोलनलाई शान्त पार्ने भूमिका खेलेको बताएका छन्। साथै, भएको क्षतिको जिम्मेवारी तत्कालीन सरकार र आन्दोलनमा सहभागी दलहरूले लिनुपर्ने उनको भनाइ छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।