२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने कर्णाली प्रदेशसभाको निर्णय

काठमाडौं । कर्णाली प्रदेशसभाले हिमाली जिल्लामा नियमित हवाई उडान सञ्चालन गर्ने लक्ष्यसहित ५ बुँदे संकल्पपत्र सर्वसम्मत रूपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकले उक्त संकल्पपत्र अनुमोदन गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रस्तुत गरेको प्रस्तावमा हिमाली जिल्लामा सहज र नियमित हवाई सेवा विस्तार गर्ने विषय समेटिएको थियो । प्रस्तावमाथि भएको छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले ढिलै भए पनि महत्वपूर्ण पहल सुरु भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले उठेका जिज्ञासाको जवाफ दिँदै संकल्पपत्र कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए । त्यसपछि प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकको आकस्मिक समयमा बोल्दै प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले सबै जिल्लामा समान ध्यान दिन नसकेको टिप्पणी गरे । उनले सरकारका कार्यशैलीकै कारण प्रदेश खारेजीको बहस उठेको दाबी गर्दै नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्तै, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफ दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउन प्रयास भइरहेको जानकारी दिए ।

त्यसैबीच, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधनसम्बन्धी विधेयकलाई पनि प्रदेशसभाले सर्वसम्मतिले अघि बढाउने निर्णय गरेको छ । उक्त विधेयकमाथि भएको सामान्य छलफलमा विभिन्न सदस्यहरूले धारणा राखेका थिए भने मन्त्री भण्डारीले त्यसमा उठेका विषयहरूको जवाफ दिएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।