२०८३ बैशाख ९ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ९ बुधबार

कपिलवस्तु । जिल्लाको महाराजगञ्जस्थित बर्गदवा क्षेत्रमा उत्पन्न साम्प्रदायिक तनावपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । शनिबार मन्दिरमा भजन गाउने क्रममा भएको तोडफोड घटनापछि हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद चर्किँदै गएपछि प्रशासनले सुरक्षा सतर्कता अपनाएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार सम्भावित झडप र अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) अनुसार आज दिउँसो २ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको छ ।

निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ । आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

प्रशासनले तोकेको क्षेत्रभित्र पूर्वतर्फ बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।

940x380-IMG_20260321_WA0002

शैलुङ । दोलखाका विभिन्न उच्च हिमाली क्षेत्रमा शनिबार बिहानदेखि हिमपात भएको छ । जिल्लाको माथिल्लो भूभागमा सेताम्मे हिमपात भइरहँदा तल्लो क्षेत्रमा भने निरन्तर वर्षा भइरहेको हो ।

प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोकमा हिमपात भएसँगै आन्तरिक पर्यटकको आगमन उल्लेख्य रूपमा बढ्न थालेको छ । त्यस्तै शैलुङ, चेर्दुङ र हनुमन्ते डाँडालगायतका स्थानहरूमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।

हिमपातले पर्यटन क्षेत्र चलायमान बन्ने अपेक्षामा होटल तथा व्यवसायीहरू उत्साहित देखिएका छन् । यसले आगामी दिनमा पर्यटकको चहलपहल अझै बढ्ने विश्वास गरिएको छ ।

यता, कृषकहरू पनि मौसम परिवर्तनसँगै खुसी भएका छन् । हिमपात र वर्षाले आलु बालीलाई आवश्यक चिस्यान पुग्ने भएकाले माथिल्लो भेगका किसानलाई राहत मिल्ने भएको छ । साथै, मकै छर्ने समयमै पानी परेकाले उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

काभ्रे । अविरल वर्षापछि रोशी खोलामा आएको बाढी सडकमा पस्दा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान करिब ३ः३० बजे काभ्रेको रोशी गाउँपालिका क्षेत्रअन्तर्गत विभिन्न स्थानमा खोला सडकसम्म आइपुगेको हो ।

बाढीका कारण चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । खोलाको बहाव तीव्र भएपछि सडक नै डुबानमा परेपछि यातायात सञ्चालन गर्न नसकिने अवस्था बनेको हो ।

प्रहरीले सम्बन्धित निकायसँग समन्वय गर्दै सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । यसैबीच, जिल्ला ट्राफिक कार्यालय काभ्रेले सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

बागलुङ । बागलुङको उच्च पहाडी क्षेत्रसहित ढोरपाटनमा शुक्रबारदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित भएको छ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन यतिबेला बाक्लो हिउँले ढाकिएको छ, जसले सम्पूर्ण क्षेत्र सेताम्य बनेको हो ।

स्थानीयका अनुसार दिउँसोदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ । ढोरपाटन नगरपालिका–९ का धनबहादुर विकले हिमपातका कारण दैनिक कामकाजमा समस्या उत्पन्न भएको बताए । विशेषगरी पशुचौपायालाई घाँस–दानाको व्यवस्था गर्न कठिन भएको उनको भनाइ छ ।

केही दिनदेखि भइरहेको सामान्य वर्षापछि अचानक हिमपात हुँदा स्थानीय बासिन्दा थप समस्यामा परेका छन् । हिँडडुल गर्नसमेत असहज बनेको छ भने खेतबारीको काम पनि प्रभावित भएको छ । आलु रोप्ने सिजनका लागि बोबाङ र अधिकारीचौरबाट ढोरपाटन पुगेका किसानहरू हिमपातका कारण काम रोक्न बाध्य भएका छन् ।

स्थानीयले चैत महिनामा यस्तो प्रकारको हिमपात असामान्य भएको बताए ।

काठमाडौं । कर्णाली प्रदेशसभाले हिमाली जिल्लामा नियमित हवाई उडान सञ्चालन गर्ने लक्ष्यसहित ५ बुँदे संकल्पपत्र सर्वसम्मत रूपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकले उक्त संकल्पपत्र अनुमोदन गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले प्रस्तुत गरेको प्रस्तावमा हिमाली जिल्लामा सहज र नियमित हवाई सेवा विस्तार गर्ने विषय समेटिएको थियो । प्रस्तावमाथि भएको छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले ढिलै भए पनि महत्वपूर्ण पहल सुरु भएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले उठेका जिज्ञासाको जवाफ दिँदै संकल्पपत्र कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए । त्यसपछि प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

बैठकको आकस्मिक समयमा बोल्दै प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले सबै जिल्लामा समान ध्यान दिन नसकेको टिप्पणी गरे । उनले सरकारका कार्यशैलीकै कारण प्रदेश खारेजीको बहस उठेको दाबी गर्दै नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्तै, सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफ दिँदै सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउन प्रयास भइरहेको जानकारी दिए ।

त्यसैबीच, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ संशोधनसम्बन्धी विधेयकलाई पनि प्रदेशसभाले सर्वसम्मतिले अघि बढाउने निर्णय गरेको छ । उक्त विधेयकमाथि भएको सामान्य छलफलमा विभिन्न सदस्यहरूले धारणा राखेका थिए भने मन्त्री भण्डारीले त्यसमा उठेका विषयहरूको जवाफ दिएका थिए ।

काठमाडौं । मुस्लिम समुदायको महान् पर्व इद उल फित्र आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ । एक महिनासम्म रोजा (व्रत) पूरा गरेका मुस्लिम धर्मावलम्बीले बिहानै मस्जिद तथा इदगाहमा भेला भई विशेष नमाज अदा गरेका छन् ।

नमाजपछि एकअर्कासँग अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ भने घर–घरमा गई ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई माया दिने चलन पनि आजैबाट सुरु हुन्छ । आफन्त तथा पाहुनालाई सेवई, खजुर लगायत परिकार खुवाएर स्वागत गरिन्छ ।

यस पर्वको मुख्य विशेषता दान र सहयोग पनि हो । मुस्लिम धर्मअनुसार आर्थिक रूपमा सक्षम व्यक्तिले आफ्नो आम्दानीको निश्चित अंश दान गर्ने प्रचलन छ, जसलाई ‘जकात’ भनिन्छ । साथै, ‘सदकातुल फित्र’ का रूपमा प्रत्येक व्यक्तिले आफ्नो हैसियतअनुसार गहुँ वा नगद दान गर्ने चलन पनि छ, जसले गरिब तथा असहायलाई सहयोग पु¥याउँछ ।

इद उल फित्रको मिति चन्द्रमाको अवलोकनका आधारमा निर्धारण गरिन्छ। रमजान महिनाको अन्त्यसँगै चन्द्रमा देखिएपछि यो पर्व मनाउने गरिन्छ ।

काठमाडौँस्थित जामे मस्जिदसहित देशभरका मस्जिदहरूमा विशेष नमाजको आयोजना गरिएको छ । मुस्लिम समुदायका अगुवाहरूका अनुसार यो पर्व आपसी सद्भाव, क्षमा र सहयोगको सन्देश दिने महत्वपूर्ण अवसर हो ।

इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ । 

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । 

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का  वर्षा÷हिमपातको सम्भावना छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।