काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र सरकारको उद्धार तथा राहत प्रयासबारे प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच छलफल भएको छ ।

प्रधानमन्त्री शाह र लामिछानेबीच भएको भेटवार्तामा बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रको व्यवस्थापनका विषयमा छलफल भएको हो ।
भेटमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयसमेत उठेको थियो ।
प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा तथा राहत सामग्री सहज रूपमा पुर्याउन सरकारका सम्बन्धित संयन्त्रहरू पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए ।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।











