२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको अवस्था र सरकारको उद्धार तथा राहत प्रयासबारे प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच छलफल भएको छ ।

प्रधानमन्त्री शाह र लामिछानेबीच भएको भेटवार्तामा बाढी प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रको व्यवस्थापनका विषयमा छलफल भएको हो ।

भेटमा बाढीका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयसमेत उठेको थियो ।

प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा तथा राहत सामग्री सहज रूपमा पुर्‍याउन सरकारका सम्बन्धित संयन्त्रहरू पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी गराएका थिए ।

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएको छ । बाढीका कारण विभिन्न जिल्लामा अहिलेसम्म ९०३ जनाको शव फेला परेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार २४७ जना अझै सम्पर्कविहीन छन् ।

बाढीमा परी २६७ जना घाइते भएका छन् भने उद्धार टोलीले अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीपछि रसुवासहित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ । सम्पर्कविहीनहरूको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतको कामलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ ।

788545109_1625563182622462_7816038838951230117_n

काठमाडौं । वर्षा भइरहेकाले आज भदौ १५ गते देशका विभिन्न स्थानमा आकस्मिक बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले नुवाकोट र रसुवामा बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै उच्च जोखिमको पूर्वानुमान गरेको हो ।

महाशाखाका अनुसार नुवाकोट र रसुवाका साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना छ । केही ठूला नदीमा समेत पानीको बहाव बढ्ने भएकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि अहिले भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि जोखिम कायमै रहेको महाशाखाले जनाएको छ । त्यसैले यी नदी आसपास उच्च सतर्कता अपनाउनुपर्ने उसको भनाइ छ ।

त्यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरका साना नदीमा पनि बहाव बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

सुनकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, महाकाली र कन्काईलगायत ठूला नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

यद्यपि, आज बिहानको मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।