काठमाडौं । धेरै महिलाका लागि ब्रा दैनिक पहिरनको अभिन्न हिस्सा हो । तर के तपाईंलाई थाहा छ, २४सै घण्टा ब्रा लगाइरहनु सधैं आवश्यक हुँदैन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार घरमा हुँदा वा सुत्ने बेला केही समय ब्रा नलगाउँदा शरीरले प्राकृतिक रूपमा आराम पाउने मात्र होइन, केही स्वास्थ्य लाभ पनि मिल्न सक्छ ।

१. शरीरले पाउँछ प्राकृतिक आराम
दिनभर ब्रा लगाएर बसेपछि केही समय फुकाल्दा छातीमा परेको दबाब कम हुन्छ र शरीर हलुका तथा सहज महसुस हुन्छ ।
२. स्तनमा अनावश्यक दबाब घट्छ
लामो समय ‘टाइट’ ब्रा लगाउँदा स्तनका तन्तुमा दबाब पर्न सक्छ । केही अध्ययनले उचित अवस्थामा ब्रा नलगाउँदा स्तनको प्राकृतिक चाल र बनावट कायम राख्न मद्दत पुग्न सक्ने देखाएका छन् ।
३. रक्तसञ्चार राम्रो हुन सक्छ
धेरै कसिएको ब्राले छाती वरिपरि रक्तसञ्चारमा असर पार्न सक्छ । समय–समयमा ब्रा नलगाउँदा रक्तप्रवाह सहज हुन मद्दत पुग्ने विज्ञहरूको भनाइ छ ।
४. पिठ्युँ र गर्धनको तनाव कम हुन सक्छ
ब्रा स्ट्र्यापले काँध, पिठ्युँ र गर्धनमा दबाब दिन सक्छ । केही समय ब्रा नलगाउँदा यस्तो असहजता कम महसुस हुन सक्छ । (यद्यपि, ठूलो स्तन भएका महिलालाई भने राम्रो फिट भएको ब्राले आवश्यक सपोर्ट दिन सक्छ ।)
५. छाला र निप्पललाई राहत
लगातार ‘प्याडेड वा टाइट’ ब्रा प्रयोग गर्दा पसिना, घर्षण, सुक्खापन वा चिलाउने समस्या हुन सक्छ । केही समय ब्रा नलगाउँदा छालाले खुला हावा पाउँछ र आराम महसुस गर्न सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार ब्रा लगाउने वा नलगाउने निर्णय व्यक्तिगत आवश्यकता, आराम र गतिविधिमा निर्भर हुन्छ । विशेष गरी घरमा आराम गरिरहेको बेला वा सुत्ने समयमा शरीरलाई केही समय ‘ब्रेक’ दिनु धेरै महिलाका लागि सहज र लाभदायक हुन सक्छ ।











