
सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिलबन्दी पानीको बोतलभित्र छेपारो भेटिएपछि प्रशोधित पानी उत्पादक ‘ऋषि जल’ कम्पनी कारबाहीमा परेको छ । इलाका प्रशासन कार्यालय लहानले केवी एण्ड सन्स नेपाल कम्पनी लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २ लाख रुपैयाँ जरिबाना गरेको जनाएको हो ।
प्रशासनका अनुसार असार १० गते लहान नगरपालिका–३ स्थित न्यू भान्जा होटलमा बिक्रीका लागि राखिएको ‘ऋषि जल’ को बोतलभित्र छेपारो देखिएको भन्दै उपभोक्ताबाट गुनासो प्राप्त भएपछि तत्काल अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा कम्पनीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने लापरवाही गरेको तथा अनुचित व्यापारिक गतिविधि सञ्चालन गरेको निष्कर्ष निकाल्दै प्रशासनले जरिबानासहित कारबाही गरेको हो ।
यसअघि पनि सोही कम्पनीको पानीबारे विभिन्न गुनासा आएको उल्लेख गर्दै प्रशासनले कम्पनी सञ्चालकलाई कार्यालयमा बोलाएर सचेत गराएको छ । साथै, बजारमा पठाइएका उक्त ब्याचका सबै ‘ऋषि जल’ का बोतल तत्काल फिर्ता गर्न निर्देशन दिइएको छ ।
प्रशासनले भविष्यमा यस्ता घटना दोहोरिए कानुनअनुसार थप कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, उपभोक्तालाई खाद्य तथा पेय पदार्थ खरिद गर्दा सावधानी अपनाउन र कुनै त्रुटि वा शंकास्पद वस्तु भेटिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ । आज नेप्से परिसूचक २४ दशमलव ६३ अंकले घटेर दुई हजार ६०८ दशमलव ३३ बिन्दुमा कायम भएको हो ।
आज ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबारमा आएका ३६५ धितोपत्रमध्ये ३५ कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
मंगलबार सबै समूहको उपसूचक राताम्मे बनेको छ । यसदिन व्यापार सर्वाधिक १ दशमलव ७४ प्रतिशतले घटेको छ ।
यसदिन हाइड्रोपावर १ दशमलव ४३, अन्य १ दशमलव ३१, उत्पादन तथा प्रशोधन १ दशमलव २, फाइनान्स १, होटेल तथा पर्यटन शून्य दशमलव ९३, लगानी शून्य दशमलव ७४, बैंकिङ शून्य दशमलव ७३, निर्जीवन बीमा शून्य दशमलव ६१, माइक्रोफाइनान्स र जीवन बीमाको समान शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव ३१ र विकास बैंक उपसूचक शून्य दशमलव १ प्रतिशतले घटेको छ ।
आज स्नो रिभर्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कर्पोरेट डेभलवमेन्ट बैंक १३ दशमलव ०४, स्वाभिमान लघुवित्त १० दशमलव ७ र र्सिजनशील लघुवित्तको शेयर मूल्य ७ दशमलव ३९ प्रतिशतले बढेको छ ।
यसदिन टक्सार खोला हाइड्रोपावर १४ दशमलव ०३, याम्बालिङ हाइड्रोपावार ८ दशमलव २३, सोपान फर्मास्यूटिकल्स ५ दशमलव ९, श्रीनगर एग्रीटेच इन्ड्रस्ट्रीज ५ दशमलव ४९ र पियर इनर्जीको शेयर मूल्य ५ दशमलव ४८ प्रतिशतले घटेको छ ।
काठमाडौं । विश्वकप फुटबलमा चार पटकको च्याम्पियन जर्मनीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएपछि पाराग्वे उत्सवमय बनेको छ । ऐतिहासिक सफलताको खुसी साट्न पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार देशभर सार्वजनिक बिदा घोषणा गरेका छन् ।
सोमबार राति सम्पन्न प्रि–क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टोली १-१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टीमा पाराग्वे ४-३ ले विजयी हुँदै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो। विश्वकप इतिहासकै उल्लेखनीय उलटफेरमध्ये एक मानिएको यस जितले पाराग्वेली समर्थकलाई उत्साहित बनाएको छ ।
राष्ट्रपति पेनाले सामाजिक सञ्जाल ‘एक्स’मा सार्वजनिक बिदासम्बन्धी निर्णयमा हस्ताक्षर गरिरहेको तस्बिर साझा गर्दै लेखेका छन्, ‘आज सम्पूर्ण राष्ट्रले गर्वका साथ उत्सव मनाइरहेको छ। यो जितले साहस, विश्वास र कहिल्यै हार नमान्ने पाराग्वेली आत्माको प्रतिनिधित्व गर्छ ।’
सरकारी आदेशमा पनि यो उपलब्धि खेलकुदको सीमाभन्दा बाहिर रहेर राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरिएको छ । त्यसैले ऐतिहासिक सफलताको खुसी सबै नागरिकले सहज रूपमा मनाउन सकून् भन्ने उद्देश्यले सार्वजनिक बिदा घोषणा गरिएको सरकारको भनाइ छ ।
यससँगै विश्वकपमा जर्मनीलाई हराएपछि सार्वजनिक बिदा घोषणा गर्ने पाराग्वे दोस्रो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । यसअघि समूह ‘ई’ अन्तर्गत जर्मनीलाई २-१ ले पराजित गर्दै नकआउट चरणमा पुगेपछि इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले पनि आफ्नो देशमा सार्वजनिक बिदा दिएका थिए ।
लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका एप्पल कम्पनीका आइफोन बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले सोमबार कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रमा नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५६ डिएक्स ८८३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा विभिन्न मोडलका ३५ थान आइफोन फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका आइफोनको अनुमानित मूल्य करिब २० लाख ५० हजार रुपैयाँ रहेको छ ।
बरामद गरिएका आइफोन र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । धेरै महिलाका लागि ब्रा दैनिक पहिरनको अभिन्न हिस्सा हो । तर के तपाईंलाई थाहा छ, २४सै घण्टा ब्रा लगाइरहनु सधैं आवश्यक हुँदैन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार घरमा हुँदा वा सुत्ने बेला केही समय ब्रा नलगाउँदा शरीरले प्राकृतिक रूपमा आराम पाउने मात्र होइन, केही स्वास्थ्य लाभ पनि मिल्न सक्छ ।
१. शरीरले पाउँछ प्राकृतिक आराम
दिनभर ब्रा लगाएर बसेपछि केही समय फुकाल्दा छातीमा परेको दबाब कम हुन्छ र शरीर हलुका तथा सहज महसुस हुन्छ ।
२. स्तनमा अनावश्यक दबाब घट्छ
लामो समय ‘टाइट’ ब्रा लगाउँदा स्तनका तन्तुमा दबाब पर्न सक्छ । केही अध्ययनले उचित अवस्थामा ब्रा नलगाउँदा स्तनको प्राकृतिक चाल र बनावट कायम राख्न मद्दत पुग्न सक्ने देखाएका छन् ।
३. रक्तसञ्चार राम्रो हुन सक्छ
धेरै कसिएको ब्राले छाती वरिपरि रक्तसञ्चारमा असर पार्न सक्छ । समय–समयमा ब्रा नलगाउँदा रक्तप्रवाह सहज हुन मद्दत पुग्ने विज्ञहरूको भनाइ छ ।
४. पिठ्युँ र गर्धनको तनाव कम हुन सक्छ
ब्रा स्ट्र्यापले काँध, पिठ्युँ र गर्धनमा दबाब दिन सक्छ । केही समय ब्रा नलगाउँदा यस्तो असहजता कम महसुस हुन सक्छ । (यद्यपि, ठूलो स्तन भएका महिलालाई भने राम्रो फिट भएको ब्राले आवश्यक सपोर्ट दिन सक्छ ।)
५. छाला र निप्पललाई राहत
लगातार ‘प्याडेड वा टाइट’ ब्रा प्रयोग गर्दा पसिना, घर्षण, सुक्खापन वा चिलाउने समस्या हुन सक्छ । केही समय ब्रा नलगाउँदा छालाले खुला हावा पाउँछ र आराम महसुस गर्न सक्छ ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार ब्रा लगाउने वा नलगाउने निर्णय व्यक्तिगत आवश्यकता, आराम र गतिविधिमा निर्भर हुन्छ । विशेष गरी घरमा आराम गरिरहेको बेला वा सुत्ने समयमा शरीरलाई केही समय ‘ब्रेक’ दिनु धेरै महिलाका लागि सहज र लाभदायक हुन सक्छ ।





