काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ५४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७३३ दशमलव ५९ को विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम भने बढेको छ । सोबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच भएको छ ।
मंगलबार ३५७ धितोपत्र कारोबारमा आए, जसमध्ये १५१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०५ धितोपत्रको मूल्य बढेको छ भने १५ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.१ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमाको ०.४६, व्यापार समूहको ०.३८, जीवन बीमाको ०.३७, माइक्रोफाइनान्सको ०.२० र म्युचुअल फण्डको ०.१५ प्रतिशतले घटेको छ ।
मंगलबार सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो ।











