
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ५४ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ७३३ दशमलव ५९ को विन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम भने बढेको छ । सोबार ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ८ ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच भएको छ ।
मंगलबार ३५७ धितोपत्र कारोबारमा आए, जसमध्ये १५१ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०५ धितोपत्रको मूल्य बढेको छ भने १५ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक घट्दा ४ समूहको उपसूचक बढेको छ । फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.१ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमाको ०.४६, व्यापार समूहको ०.३८, जीवन बीमाको ०.३७, माइक्रोफाइनान्सको ०.२० र म्युचुअल फण्डको ०.१५ प्रतिशतले घटेको छ ।
मंगलबार सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको १०.९८, उपकार लघुवित्तको ८.७०, अपरहेवाखोलाको ६.१७ प्रतिशत मूल्य बढ्यो ।
क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ७.३७, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९, मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशत मूल्य घट्यो ।
काठमाडौं । म्याग्दीका स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी छ । उनको शपथ आजै हुँदै छ ।
सुशीला कार्की नेतृत्वको सरकारमा पुन शिक्षामन्त्री थिए ।
काठमाडौं । सरकारले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योसहित ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यी हुन् सरकारका निर्णय
तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।
निजामती सेवा १६ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।
विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने ।
पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने ।
काठमाडौं । नेपाली बजारमा आज सुनको बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी पनि बढेको छ । सोमबार प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





