काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।

Post Views: 55










