
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि ओरालो लागेको छ । चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । देशभर आज बिहीबारदेखि लगातार चार दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय तथा पूर्वनिर्धारित बिदा तालिकाअनुसार आगामी आइतबारसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा अधिकांश सरकारी सेवा बन्द रहनेछन् ।
आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस परेकाले पनि देशभर सार्वजनिक बिदा रहनेछ। सरकारले यसअघि नै राजपत्रमार्फत उक्त दिन बिदा दिने निर्णय सार्वजनिक गरिसकेको थियो ।
त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी सेवा प्रभावित हुने भएको छ ।
अब सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू सोमबारदेखि मात्रै नियमित रूपमा सञ्चालनमा आउनेछन् ।
राष्ट्रिय मानवअधिकार आयोगले गत भदौको ‘जेनजी’ आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत भीड उत्तेजित बनाएको आरोपमा पूर्वसचिवदेखि सांसद, अभियन्ता, कलाकार र सामाजिक सञ्जालकर्मीहरूसम्मलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ । तर, आन्दोलनको खुलेर समर्थन गरेका तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको नाम भने प्रतिवेदनमा कतै भेटिँदैन ।
आयोगको प्रतिवेदनअनुसार फेसबुक स्टाटस, सार्वजनिक अभिव्यक्ति र आन्दोलनप्रतिको समर्थनलाई आधार बनाएर ५० भन्दा बढी व्यक्तिमाथि अनुसन्धान सिफारिस गरिएको छ ।
काठमाडौं । मुस्लिम समुदायको दोस्रो महान् धार्मिक पर्व बकर इद अर्थात् इदुल जोहा आजदेखि देशभर श्रद्धा र उत्साहका साथ मनाउन थालिएको छ । पर्वका अवसरमा देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि नमाज अदा गर्ने श्रद्धालुको उपस्थिति देखिएको छ ।
मुस्लिम धर्मावलम्बीले बिहान स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज पढेका छन् । नमाजपछि एकअर्कामा शुभकामना आदानप्रदान गर्ने परम्परा अनुसार परिवार तथा आफन्तबीच भेटघाटसमेत गरिएको छ ।
काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशका विभिन्न स्थानका मस्जिदमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।
धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालन गर्दै हजरत इब्राहिमले आफ्ना प्रिय पुत्र इस्माइललाई कुर्बानी दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने गरिन्छ । मुस्लिम समुदायमा त्याग, समर्पण र आस्थाको प्रतीकका रूपमा बकर इदलाई विशेष महत्त्वका साथ लिइन्छ ।
मुस्लिम धर्मगुरुहरूका अनुसार बकर इदले मानवता, सहयोग र सामाजिक सद्भावको सन्देश दिने गर्दछ । पर्वका अवसरमा जायज मानिएका जनावरको कुर्बानी दिई त्यसको मासु गरिब, आफन्त तथा परिवारबीच बाँड्ने धार्मिक परम्परा रहेको छ ।
परम्पराअनुसार कुर्बानी गरिएको मासु तीन भागमा विभाजन गरिन्छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र बाँकी भाग परिवारले प्रयोग गर्ने प्रचलन छ ।
मुस्लिम समुदायले आजदेखि लगातार तीन दिनसम्म बकर इद पर्व मनाउने जनाइएको छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।





