२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

विपद्मा सरकारलाई सहयोग गर्ने कांग्रेसको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय विपत्तिको समयमा सरकारलाई सहयोग गर्नु आफ्नो प्राथमिक दायित्व भएको जनाएको छ । कांग्रेस सभापति गगन थापाले उद्धार, राहत र पुनःस्थापनाका काममा सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारी कामकारबाहीमा देखिएका कमजोरीबारे खबरदारीसमेत गरिरहने बताएका हुन् ।

विपद् व्यवस्थापनमा पार्टीको भूमिका र आगामी कार्ययोजनाबारे कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै थापाले विपद्का बेला सरकारको आलोचनाभन्दा सहयोगलाई प्राथमिकता दिनुपर्ने बताए । यद्यपि उद्धार तथा राहतका क्रममा देखिएका कमीकमजोरी औँल्याउनु पनि सरकारलाई सहयोग गर्ने एउटा माध्यम भएको उनको भनाइ छ ।

‘कहाँ ग्याप छ, कहाँ काम गर्नुपर्ने तर भइरहेको छैन, त्यसबारे औँल्याउने काम पनि हाम्रो हो। यो गर्नु भनेको विपद्का बेला आलोचना गर्नु होइन, विपद्का बेला सहयोग नै पु¥याउनु हो,’ उनले भने ।

थापाका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय बैठकमा विपद् व्यवस्थापनका लागि संसद्भित्रै सबै राजनीतिक दलको सहभागितामा साझा संयन्त्र बनाउने समझदारी भएको छ । उक्त संयन्त्रलाई तत्काल पूर्णता दिएर सक्रिय बनाउन लामिछानेसँग थप छलफल गरिने उनले बताए ।

कांग्रेसले विपद् प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्तालाई परिचालन गरिसकेको जनाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकलगायतको टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ । टोलीले स्थलगत रूपमा देखिएका समस्या समेटेर प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षणपत्रसमेत बुझाएको थापाले जानकारी दिए ।

पार्टीले विपद् व्यवस्थापनका लागि केन्द्रीय सदस्य मोहन आचार्यको संयोजकत्वमा ‘विपद् समन्वय समिति’ गठन गरेको छ । समितिले प्रभावित क्षेत्रसँग समन्वय गर्दै राहत तथा उद्धारका कामलाई अघि बढाइरहेको कांग्रेसले जनाएको छ । बैठकमा समितिका सदस्य सचिव माधव थापाले पार्टीका तर्फबाट भइरहेका गतिविधिबारे जानकारी दिने कार्यक्रमसमेत तय गरिएको थियो ।

कांग्रेसले आफ्ना नेता, सांसद तथा जनप्रतिनिधिलाई प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नसमेत आह्वान गरेको छ । केन्द्रीय सदस्य, सांसद, निर्वाचित जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका कमिटीले रकम संकलन गरी एकमुष्ट रूपमा राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाइने थापाले बताए ।

पार्टीका कमिटीमा रहेका सदस्यले आन्तरिक कोषमार्फत रकम जम्मा गर्ने र अन्य सहयोगीले सिधै प्रधानमन्त्री राहत कोषमा रकम पठाउने व्यवस्था गरिने उनको भनाइ छ । राहत संकलनमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे ।

सुरुङभित्र उद्धारका लागि आवश्यक परे विदेशी मुलुकको प्राविधिक तथा विशेषज्ञ सहयोग लिन पनि थापाले सरकारलाई आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।