२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

शेयर बजारमा सामान्य गिरावट, नेप्से २६५३ बिन्दुमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर दुई हजार ६५३ दशमलव ४ बिन्दुमा कायम भएको हो ।

आज ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

शुक्रबार कुल ३४५ धितोपत्रको कारोबार भएकोमा १०३ कम्पनीको शेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रह्यो ।

शुक्रबार फाइनान्स १ दशमलव ०६, व्यापार शून्य दशमलव ५२, हाइड्रोपावर शून्य दशमलव १६ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

यस्तै बैंकिङ शून्य दशमलव ९६, जीवन बीमा शून्य दशमलव ७१, लगानी शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४४, होटेल तथा पर्यटन शून्य दशमलव ३८, अन्य शून्य दशमलव १३, म्युचुअल फण्ड शून्य दशमलव २ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०५ प्रतिशतले घटेको छ ।

यसदिन विकास बैंकको शेयर मूल्य स्थिर रह्यो ।

आज ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, सानिगढ हाइड्रो र कालंगा हाइड्रो रहेका छन् । आज नेपाल फाइनान्स १४ दशमलव ९२ र खानीखोला हाइड्रोपावरकोे शेयर मूल्य ११ दशमलव ६३ प्रतिशतले बढेको छ ।

यसैगरी अपार लहरे खोला हाइड्रोपावर १३ दशमलव ६५, धौलागगिरी लघुवित्त ११ दशमलव २१, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स ४ दशमलव ९७, सामुदायिक लघुवित्त ४ दशमलव ७५ र युनिभर्सल पावरको शेयर मूल्य ४ दशमलव ७२ प्रतिशतले ह्रास आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।