२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बिहान बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । यसबाट कम्पनीले कुल १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको पूँजी संकलन गरेको छ ।

आईपीओमा कुल २८ लाख ६२ हजार ९०९ जनाबाट ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये २८ लाख १५ हजार ६७९ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् ।

मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा प्रणालीबाट शेयर बाँडफाँट गरिएको हो। यसअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।