२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

नेप्सेमा दोहोरो अंकको उछाल, कारोबार रकम ३ अर्ब ८६ करोड नाघ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ४४ दशमलव ५९ अंकले बढेर दुई हजार ६५२ दशमलव ९३ बिन्दुमा कायम भएको हो ।

बजारमा आज ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका ३६२ धितोपत्रमध्ये २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज सबै समूहका उपसूचक हरियालीमा रहे । यसदिन हाइड्रोपावर सर्वाधिक २ दशमलव ४२ प्रतिशतले घटेको छ ।

यसदिन उत्पादन तथा प्रशोधन २ दशमलव ३४, निर्जीवन बीमा २ दशमलव ०३, अन्य १ दशमलव ७६, होटेल तथा पर्यटन १ दशमलव ६६, लगानी १ दशमलव ६५, फाइनान्स १ दशमलव ४९, जीवन बीमा १ दशमलव ४८, विकास बैंक १ दशमलव १५, बैंकिङ १ दशमलव १४, माइक्रोफाइनान्स १ दशमलव ११ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले बढेको छ ।

आज स्नो रिभर्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सीवाइसी नेपाल लघुवित्त १४ दशमलव २२, भुजुंग हाइड्रोपावर १३ दशमलव ९, कुथेली बुखरी स्मल हाइड्रोपावर ९ दशमलव ७३ र मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ३७ प्रतिशतले बढेको छ ।

यसदिन कर्पोरेट डेभलपमेन्ट बैंक ५ दशमलव २१, धौलागिरी लघुवित्त ४ र अपर सिंगे हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ५५ प्रतिशतले घटेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।