२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, पेट्रोलदेखि ग्याससम्म सस्तो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार नयाँ मूल्य बुधबार राति १२ः०१ बजेदेखि लागू भएको हो ।

नयाँ व्यवस्थाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौं) को मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

मूल्य समायोजनपछि पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो, दोस्रो र तेस्रो वर्गमा क्रमशः प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, १९६ रुपैयाँ र १९७ रुपैयाँ कायम भएको छ ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तथा आधा सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ तोकिएको छ ।

petrol-mulya-1782838541.jpg

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।