२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

सोमबार शेयर बजारमा गिरावट, अधिकांश लगानीकर्ता घाटामा

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव ६४ अंकले घटेर दुई हजार ६३२ दशमलव ९६ बिन्दुमा कायम भएको हो ।

आज ७६ लाख ९९ हजार २२७ कित्ता शेयर खरिद–बिक्री हुँदा २ अर्ब ६७ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ९४ करोड ५७ लाख रुपैयाँको कारोबार भएकाले कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको देखिएको छ ।

कारोबारमा सहभागी ३५१ धितोपत्रमध्ये २६ कम्पनीको शेयर मूल्य बढ्दा २४२ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

सोमबार सबै समूहको उपसूचक राताम्मे बने । यसदिन निर्जीवन बीमा सर्वाधिक १ दशमलव ३९ प्रतिशतले बढेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन र होटेल तथा पर्यटनको समान १ दशमलव १४, फाइनान्स १ दशमलव १३, लगानी शून्य दशमलव ८१, विकास बैंक शून्य दशमलव ७९, हाइड्रोपावर शून्य दशमलव ७२, जीवन बीमा शून्य दशमलव ६९, माइक्रोफाइनान्स शून्य दशमलव ५९, अन्य शून्य दशमलव ५१, व्यापार शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २४ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले घटेको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा स्नो रिभर्स, याम्बालिङ हाइड्रोपावार, धौलागिरी लघुवित्त र टक्सार खोला हाइड्रोपावर रहेका छन् ।

आज स्वाभिमान लघुवित्त ५ दशमलव ८३, सोपान फर्मास्यूटिकल्स ४ दशमलव ५, एशियन हाइड्रोपावर ४ दशमलव ४, शिखर पावर डेभलवमेन्ट ३ दशमलव ७९ र कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ७२ प्रतिशतले बढेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।