२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

डेम्बेको ह्याट्रिकमा फ्रान्स बन्यो समूह विजेता

काठमाडौं । फ्रान्सले नर्वेमाथि ४–१ को प्रभावशाली जित निकाल्दै समूह ‘आइ’ को विजेताका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । लगातार तेस्रो जित हात पार्दै फ्रान्सले शतप्रतिशत नतिजासहित ९ अंक जोडेको हो ।

फ्रान्सको जितमा उसामन डेम्बेले नायक बने । उनले खेलको छैटौँ, २०औँ र ३१औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा डिजायर डिजोले थप एक गोल गरे । नर्वेका लागि २१औँ मिनेटमा थियोलो ओसागर्डले सान्त्वना गोल फर्काएका थिए ।

यसअघि फ्रान्सले सेनेगललाई १–० र इराकलाई ३–० ले पराजित गर्दै उत्कृष्ट लय कायम राखेको थियो । तीनै खेल जितेपछि फ्रान्स शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

नर्वे भने दुई जित र एक हारसहित ६ अंक जोड्दै समूहको उपविजेता बन्यो । उसले यसअघि इराकलाई ४–१ तथा सेनेगललाई ३–२ ले हराएको थियो ।

उता, सेनेगलले अन्तिम समूह चरणको खेलमा इराकलाई ५–० ले स्तब्ध पार्दै प्रतियोगितामा पहिलो जित दर्ता ग¥यो । सेनेगलका लागि हबिब दियाराले चौथो मिनेटमा गोलको खाता खोले । त्यसपछि इसामेल सारले ५६औँ मिनेटमा गोल गरे भने पेपे ग्वेलले ५९औँ र ७१औँ मिनेटमा दुई गोल थपे । लिमेन निदायले ८१औँ मिनेटमा अर्को गोल गर्दै टोलीको फराकिलो जित सुनिश्चित गरे ।

यसअघि फ्रान्ससँग १–० र नर्वेसँग ३–२ ले पराजित भएको सेनेगलले अन्तिम खेलको जितसँगै ३ अंक जोडेर तेस्रो स्थानमा प्रतियोगिता टुंग्यायो ।

लगातार तीनै खेलमा हार बेहोरेको इराक भने अंकविहीन रहँदै समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।