२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

विश्वकपमा मेस्सीको जादु, ह्याट्रिकसहित अर्जेन्टिनाको शानदार जित

काठमाडौं । कप्तान तथा स्टार फरवार्ड लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले विश्वकप अभियान विजयी सुरुआत गरेको छ । अल्जेरियाविरुद्धको खेलमा मेस्सीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ३–० को सहज जित दिलाए ।

सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएका मेस्सीले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट बल अघि बढाएका उनले विपक्षी रक्षकलाई छल्दै पेनाल्टी क्षेत्रमा प्रवेश गरेपछि गोलकिपरलाई समेत पराजित गर्दै देब्रे खुट्टाबाट उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल गरेका मेस्सीले दोस्रो हाफमा पनि आफ्नो लय कायम राखे । उनले ५८औँ मिनेटमा दोस्रो गोल थपे भने ७६औँ मिनेटमा व्यक्तिगत तेस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

यस ह्याट्रिकसँगै विश्वकपमा मेस्सीको कुल गोल संख्या १६ पुगेको छ। उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् । साथै, उनी विश्वकप इतिहासमा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा उक्लिएका छन् ।

मेस्सीको प्रेरणादायी प्रदर्शनसँगै अर्जेन्टिनाले प्रतियोगितामा बलियो सुरुआत गर्दै उपाधि यात्रालाई सकारात्मक बनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।