२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

सेनेगलमाथि फ्रान्सको शानदार जित, एम्बाप्पेले गरे सर्वाधिक गोल

काठमाडौं । फ्रान्सले सेनेगलमाथि ३–१ को प्रभावशाली जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।

फ्रान्सलाई अग्रता दिलाउने क्रममा कप्तान क्लेइन एम्बाप्पेले ६८औँ मिनेटमा गोल गरे । त्यसपछि ८२औँ मिनेटमा ब्राड्ली बाराकोलाले अर्को गोल थप्दै फ्रान्सको पकड बलियो बनाए ।

खेलको इन्जुरी समयमा सेनेगलका इब्राहिम बायले एक गोल फर्काएर अन्तर घटाउने प्रयास गरे । तर त्यसको केही क्षणमै एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

यससँगै एम्बाप्पेले विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान समेत कायम गरेका छन् । उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १४ पुर्‍याउँदै जस्ट फन्टेनको १३ गोलको पुरानो रेकर्ड तोडेका हुन् ।

फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीहरूको सूचीमा एम्बाप्पे शीर्ष स्थानमा पुगेका छन् । दोस्रो स्थानमा जस्ट फन्टेन रहेका छन् भने थिएरी हेनरी ६ गोलसहित तेस्रो स्थानमा छन् । त्यस्तै, जिनेडिन जिडान, मिचेल प्लाटिनी र ओलिभियर जिरुडले समान ५ गोल गरेका छन् । रेमन्ड कोपा, डोमिनिक रोचेटु तथा एन्टोइन ग्रिजम्यानले समान ४ गोल गरेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।