काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको कारोबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा भइरहेको छ । शुक्रबार यही सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ । सुन र चाँदी दुवैको मूल्य घटेसँगै बजारमा खरिदकर्ताले केही राहत महसुस गरेका छन् ।

Post Views: 71










