२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

ह्वाइट हाउस बाहिर गोलीकाण्ड, गोली चलाउने व्यक्ति मारिए

काठमाडौं । अमेरिकाको राष्ट्रपति निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोलीबारी भएको छ । घटनामा गोली चलाउने एक संदिग्ध व्यक्ति अमेरिकी सिक्रेट सर्विसको जवाफी कारबाहीमा मारिएका छन् ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार साँझ करिब ६ बजे ह्वाइट हाउस नजिकै पर्ने १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु क्षेत्रमा अचानक गोली चलेको थियो । त्यसपछि केही समय उक्त क्षेत्र तनावग्रस्त बनेको थियो ।

अमेरिकी सिक्रेट सर्विसले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल प्रतिकार गरेको उल्लेख गरिएको छ । जवाफी कारबाहीका क्रममा ती व्यक्तिलाई गोली लागेको र उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

घटनापछि ह्वाइट हाउस परिसरमा उच्च सतर्कता अपनाइएको थियो । गोली चलेलगत्तै त्यहाँ रहेका पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको थियो भने सम्पूर्ण परिसरलाई अस्थायी रूपमा लकडाउन गरिएको थियो । करिब एक घण्टापछि मात्र अवस्था सामान्य बन्दै लकडाउन हटाइएको बताइएको छ ।

सिक्रेट सर्विसका अनुसार घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै उपस्थित थिए । यद्यपि राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कुनै खतरा नपुगेको र सरकारी गतिविधि प्रभावित नभएको जनाइएको छ ।

सीबीएस न्यूजले सुरक्षा स्रोतलाई उद्धृत गर्दै संदिग्ध व्यक्तिले सिक्रेट सर्विसका एजेन्टहरूलाई लक्षित गर्दै आक्रमणको प्रयास गरेको जनाएको छ । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा लगातार १५ देखि ३० राउन्डसम्म गोली चलेको आवाज सुनेको बताएका छन् ।

घटनापछि ह्वाइट हाउस आसपासका सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अमेरिकी सिक्रेट सर्विस र स्थानीय प्रहरीले घटनाबारे संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन् । संदिग्धको पहिचान र आक्रमणको उद्देश्यबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।