२०८३ जेष्ठ १ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १ शुक्रबार

दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा थापा निर्वाचित, प्यानलको बहुमत

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सनत थापा अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार थापासहित उनको प्यानलले अधिकांश पदमा जित हात पारेको हो ।

अध्यक्ष पदमा थापाले ४६२ मत प्राप्त गर्दै प्रतिस्पर्धी दिनेश पाठकलाई पराजित गरे । पाठकले ३५९ मत प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा प्रविन श्रेष्ठ निर्वाचित भए । उनले ४४९ मत ल्याएर प्रतिद्वन्द्वी विमल श्रेष्ठलाई ९१ मतको अन्तरले हराए । उपाध्यक्ष पदमा विवेककुमार खत्री विजयी हुँदा महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित भइन् । खत्रीले ४४२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बलराम थापाले ३५८ मत पाए ।

महिला उपाध्यक्ष कल्पना श्रेष्ठले ५०० मत प्राप्त गर्दै कल्याणी श्रेष्ठलाई पराजित गरिन् । कल्याणीले २८९ मत ल्याएकी थिइन् । महासचिव पदमा सुरेश उप्रेती निर्वाचित भए । उनले ४९७ मत प्राप्त गर्दै राजन थापालाई १९० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । राजन थापाले ३०७ मत प्राप्त गरेका थिए ।

सचिव पदमा अनिल रिजाल र कोषाध्यक्षमा रामशरण बस्नेत निर्वाचित भए । यस्तै, दलित सदस्यमा प्रकाश नेपाली ४९२ मतसहित विजयी भए भने महिला सदस्यमा पार्वती भण्डारी शर्माले ४४६ मत ल्याउँदै सफलता हात पारिन् ।

शाखा सदस्यतर्फ मागादेउरालीबाट छो नाम्गेल तामाङ विजयी भए । उनले झम्कबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् । सिंगटी शाखाबाट रिमबहादुर ओली (विमल) निर्वाचित भए । उनले हिरो भित्रीकोटीलाई पछि पारे । खुला सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेती विजयी भएका छन् ।

संघको नयाँ कार्यसमिति चयनका लागि बिहीबार सम्पन्न निर्वाचनमा कुल ८३८ मत खसेको निर्वाचन समितिले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।