२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

१३ स्थानीय तहमा डेंगी जोखिम बढ्दो, सतर्क रहन आग्रह

काठमाडौं । देशका विभिन्न १३ स्थानीय तहमा डेंगी संक्रमणको जोखिम बढ्दै गएको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पछिल्लो समय ती क्षेत्रमा संक्रमणका घटना बढ्दै गएको निष्कर्ष निकाल्दै सम्बन्धित स्थानीय तहलाई सचेत गराएको हो ।

किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पुस महिनायता देशभरका स्थानीय तहमा डेंगी संक्रमणको अवस्था अध्ययन भइरहेको छ । अधिकांश क्षेत्रमा छिटफुट संक्रमण देखिए पनि १३ स्थानीय तहमा संक्रमणको संख्या तुलनात्मक रूपमा बढी देखिएकाले विशेष निगरानी बढाइएको उनले बताए ।

महाशाखाका अनुसार डेंगीको जोखिम देखिएका स्थानीय तहमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका, झापाका भद्रपुर, बिर्तामोड र मेचीनगर नगरपालिका तथा कचनकवल गाउँपालिका रहेका छन् । त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुर महानगरपालिका पनि जोखिम सूचीमा परेका छन् ।

स्वास्थ्य विज्ञका अनुसार सफा र जमेको पानीमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्ने गर्छन् । ती फुलबाट निस्किएको लार्भा वयस्क लामखुट्टेमा परिणत भएपछि मानिसलाई टोकेर डेंगी संक्रमण फैलाउने गर्दछ ।

सरकारले सर्वसाधारणलाई घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।