२०८३ बैशाख ३० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३० बुधबार

यी हुन् उद्योग वाणिज्य महासंघमा चयन भएका नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार अञ्जन श्रेष्ठ महासंघको अध्यक्ष बनेका छन् । उनको कार्यकाल तीन वर्ष रहनेछ ।

निर्वाचन प्रक्रियाबाट विभिन्न समूहका उपाध्यक्ष तथा कार्यसमिति सदस्यहरू पनि चयन भएका छन् ।

जिल्ला तथा नगर उद्योग वाणिज्य समूहअन्तर्गत उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका हुन् । शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गरेका हुन्। उनीहरूको प्रतिस्पर्धामा उमेश डालमिया र कल्पना गैरे थिए ।

त्यस्तै वस्तुगत समूहअन्तर्गत नरेशलाल श्रेष्ठ उपाध्यक्षमा विजयी भए । उनले ६३ मत ल्याउँदा प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे ।

एसोसिएट समूहअन्तर्गत प्रबलजंग पाण्डे उपाध्यक्ष निर्वाचित भएका छन् । उनले १,०७९ मत प्राप्त गरेका छन् भने उनकी प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत पाइन् ।

कार्यसमिति सदस्यतर्फ जिल्ला तथा नगर उद्योग वाणिज्य संघ समूहबाट १५ जना निर्वाचित हुने व्यवस्था रहेकोमा विभिन्न व्यक्तिहरू चयन भएका छन् । निर्वाचित सदस्यहरूमा गीता अमात्य, हिरा भट्टराई, अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् ।

प्रदेशगत प्रतिनिधित्वअन्तर्गत जिल्ला तथा नगर समूहबाट १४ जना कार्यसमिति सदस्य चयन भएका छन् । कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेश प्रदेशबाट अमरनाथ साह र विकासकुमार सारडा तथा बागमती प्रदेशबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी भएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।