२०८३ बैशाख ३० बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ३० बुधबार

नेप्सेमा उच्च गिरावट, अधिकांश समूह राताम्मे

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बजार परिसूचक ३९ दशमलव ४४ अंकले ओरालो लाग्दै २ हजार ७४४ दशमलव ४ बिन्दुमा पुगेको हो ।

आज १ करोड ६ लाख ७८ हजार ५५० कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ३३८ धितोपत्रमध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटेको देखिएको छ । आज १३ धितोपत्रको शेयर मूल्य बढ्दा २५१ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ ।

मंगलबार अन्य समूहको उपसूचक शून्य दशमलव ७३ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशतले ह्रास आएको छ ।

आज हाइड्रोपावर २ दशमलव २२, फाइनान्स २ दशमलव ०३, होटेल तथा पर्यटन २ दशमलव ०२, उत्पादन तथा प्रशोधन १ दशमलव ६५, माइक्रोफाइनान्स १ दशमलव ५१, अन्य १ दशमलव ४९, विकास बैंक १ दशमलव ३७, लगानी १ दशमलव ३, बैंकिङ शून्य दशमलव ८३, निर्जीवन बीमा शून्य दशमलव ७७ र जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

आज धौलागिरी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

यसदिन फस्ट माइक्रोफाइनान्स लघुवित्त ८ दशमलव २९, कुमारी धनवृद्धि योजना ८ दशमलव २९, झापा इनर्जी ६ दशमलव ८९, आत्मानिर्भर लघुवित्त ६ दशमलव ११ र होटल फरेष्ट इनको शेयर मूल्य ६ दशमलव १ प्रतिशतले घटेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।