२०८३ बैशाख ७ सोमबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ७ सोमबार

मार्चमा नेपाल भित्रिए १ लाख २० हजार विदेशी पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा नेपालमा १ लाख २० हजार ५ सय १६ विदेशी पर्यटकले भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एशियाली सार्क क्षेत्रबाट ४२ हजार ६६८ पर्यटक आएका छन्, जसले कुल आगमनको करिब ३५.४ प्रतिशत प्रतिनिधित्व गर्छ । यसमा भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८, श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६ सय ७६ पर्यटक नेपाल आएका छन् ।

अन्य एशियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उच्च देखिएको छ । चीनबाट ११ हजार २ सय २०, म्यानमारबाट ६ हजार २०, थाइल्याण्डबाट ३ हजार ८ सय ९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि उल्लेखनीय आगमन भएको छ  । यस क्षेत्रबाट कुल ३३ हजार ४३६ पर्यटक नेपाल प्रवेश गरेका थिए ।

तर युरोप र अमेरिका जस्ता विकसित मुलुकबाट आउने पर्यटकको संख्या घटेको छ  । मार्च २०२६ मा युरोपबाट २० हजार ८ सय ७६ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १८.९ प्रतिशत कम हो  । बेलायत, फ्रान्स र जर्मनीबाट पर्यटकको संख्या विशेष गरी घटेको छ  । अमेरिकाबाट आउने पर्यटकको संख्या पनि समीक्षा अवधिमा उल्लेखनीय रूपमा घटेको देखिन्छ ।

पर्यटन बोर्डका अनुसार मध्यपूर्वमा देखिएको तनावले युरोप र अमेरिकाबाट आगमनमा असर गरेको छ  । यद्यपि युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उनीहरुको उच्च खर्चले अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन्छ ।

सन् २०२५ को मार्चमा नेपालमा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक भित्रिएका थिए भने कोभिड–१९ शुरु हुनु अघि सोही महिनामा १ लाख २७ हजार ३ सय ५१ पर्यटक नेपाल आएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।