२०८३ बैशाख ११ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ११ शुक्रबार

एमाले प्रदेश सांसद रेखा शर्मा पक्राउ, यस्तो छ कारण

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा बालश्रम र दुव्र्यवहारसम्बन्धी आरोपमा पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार एक नाबालिकालाई घरमा राखेर काममा लगाएको तथा शारीरिक दुव्र्यवहार गरेको आरोपपछि अनुसन्धान अघि बढाइएको थियो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने रायसहित फाइल अगाडि बढाए पनि उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेपछि प्रकरणले नयाँ मोड लिएको थियो ।

घटनाबारे जानकारी पाएपछि काठमाडौं महानगरपालिकाको पहलमा नगर प्रहरी, वडाका प्रतिनिधि र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त घरमा पुगेर मुचुल्का तयार पारेको थियो । सो क्रममा नाबालिकाको उद्धार गरी संरक्षण गृहमा राखिएको थियो ।

महानगरपालिकामा प्रशिक्षार्थी रहेका विद्यार्थीहरूले गरेको सर्वेक्षणका क्रममा उक्त नाबालिका सामुदायिक विद्यालयमा अध्ययनरत भए पनि घरमा काम गर्न बाध्य बनाइएको तथ्य बाहिर आएको थियो । ती बालिकाले आफूलाई लामो समयदेखि घरायसी काममा लगाइएको, कुटपिट समेत हुने गरेको र परिवारसँग सम्पर्कविहीन बनाइएको बताएकी थिइन् ।

बालिकाले झन्डै ६ वर्षदेखि घरमा काम गर्दै आएको, दशैंजस्ता चाडपर्वमा समेत घर जान नपाएको र विभिन्न काम—पोछा लगाउने, खाना पकाउने, बिरुवामा पानी हाल्ने—गराउनुपर्ने अवस्था रहेको बयान दिएकी छन् । उनले घरधनी परिवारबाट हात र पाइपले कुटपिट हुने गरेको आरोप समेत लगाएकी छन् । २०८१ जेठ १४ गते महानगरले ती बालिकालाई उद्दार गरेको थियो ।

नाबालिकाको अवस्था गम्भीर देखिएपछि महानगरपालिकाले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो । साथै, बालिकाका बुबाले छोरीको उद्धारपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन समेत दर्ता गरेका छन् ।

हाल प्रहरी हिरासतमा रहेकी शर्मा विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।