२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

दुई महिनामै सरकारको आम्दानी १ खर्ब ८३ अर्ब, विकास खर्च ७ अर्ब ६६ करोड

काठमाडौं, १ असोज । चालू आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । यही अवधिमा विकास निर्माणतर्फको पुँजीगत खर्च भने ७ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ८३ अर्ब २० करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको हो । यो वार्षिक लक्ष्यको ११ दशमलव ५९ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, गत वर्षको तुलनामा लक्ष्यअनुसारको आम्दानीको प्रगति भने केही कमजोर देखिएको छ ।

दुई महिनामा संकलित आम्दानीमध्ये कर राजस्व १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ रहेको छ । यो वार्षिक लक्ष्यको १२ दशमलव २९ प्रतिशत हो । गैरकर राजस्वबाट १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ भने वैदेशिक अनुदानबाट १ अर्ब ३७ करोड ६ लाख रुपैयाँ प्राप्त भएको छ ।

यता, सरकारले विकास खर्चतर्फ भने वार्षिक विनियोजनको १ दशमलव ७८ प्रतिशत मात्र खर्च गरेको छ । भदौ मसान्तसम्म पुँजीगत खर्च ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा पुँजीगत खर्च ६ अर्ब ३५ करोड ३३ लाख रुपैयाँ अर्थात् कुल विनियोजनको १ दशमलव ५६ प्रतिशत थियो । यस आधारमा विकास खर्चको प्रगति गत वर्षको तुलनामा शून्य दशमलव २२ प्रतिशत बिन्दुले बढेको छ ।

चालू आर्थिक वर्षमा सरकारले पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष यस्तो बजेट ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ थियो ।

सरकारले दुई महिनामा चालू खर्चतर्फ १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक विनियोजनको ९ दशमलव ६ प्रतिशत हो । गत वर्षको सोही अवधिमा चालू खर्च १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

चालू आर्थिक वर्षमा सरकारले चालू खर्चका लागि १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसैगरी वित्त व्यवस्थापनतर्फ दुई महिनामा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।