२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणमा नर्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो लामो यात्रालाई पूर्णविराम दिएका हुन् ।

अमेरिकाको न्युजर्सीस्थित रंगशालामा भएको खेलमा ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल गरेका थिए । उक्त गोल प्रतियोगितामा उनको एकमात्र गोल रह्यो ।

पूर्ण रूपमा फिट नभएका नेयमारले यस विश्वकपमा दुई खेलमा मात्र वैकल्पिक खेलाडीका रूपमा अवसर पाएका थिए । उनले यसअघि समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

३४ वर्षीय नेयमारले आफ्नो करिअरमा चार संस्करणको फिफा विश्वकप खेले । सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट डेब्यू गरेका उनले राष्ट्रिय टोलीका लागि १२९ खेल खेल्दै कीर्तिमानी ८० गोल गरेका छन् । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

पराजयपछि भावुक देखिएका नेयमारले भने, ‘मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र यहीँ आएर अन्त्य भयो। अब सबै सकियो ।’ 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।