२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

केपभर्डेविरुद्ध पसिना बगाउँदै अर्जेन्टिनाको जीत, आत्मघाती गोलले जोगायो इज्जत

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अतिरिक्त समयसम्म लम्बिएको रोमाञ्चक खेलमा केपभर्डेलाई ३–२ ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । योसँगै उनले जारी विश्वकपमा आफ्नो सातौँ तथा विश्वकप इतिहासमा २०औँ गोल पूरा गरे ।

दोस्रो हाफको ५८औँ मिनेटमा ड्रोए डुवार्टेले गोल गर्दै केपभर्डेलाई १–१ को बराबरीमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए। तर १०३औँ मिनेटमा सिड्ने लोपस क्याब्रेलले गोल गर्दै केपभर्डेलाई फेरि २–२ को बराबरीमा पुर्‍याए ।

खेलको १११औँ मिनेटमा केपभर्डेका डिनी बोर्गसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो, जुन अन्तिमसम्म कायम रह्यो ।

यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अब अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।