२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा पारित गरेको हो ।

समिति सभापति बोधनारायण श्रेष्ठले सुनुवाइपछि शर्माको नाम सर्वसम्मत अनुमोदन भएको जानकारी दिए ।

यसअघि मंगलबार नै समितिले शर्मासँग संसदीय सुनुवाइ गरेको थियो ।

यो पनि पढ्नुहोस्

को हुन् डा. मनोजकुमार शर्मा ? जो प्रधानन्यायाधीशमा सिफारिस भए

काठमाडौं । सर्वोच्च अदालत प्रशासनमाथि न्यायिक प्रक्रियामा अवरोध उत्पन्न गरेको आरोप लगाउँदै नेपाल बार एसोसिएसनले मंगलबार लालटिन बालेर विरोध प्रदर्शन गरेको छ ।

संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी अदालत प्रशासनले न्याय प्राप्तिको बाटो अवरुद्ध गरेको भन्दै कानून व्यवसायीहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘न्यायको खोजी’ र ‘स्वच्छ प्रक्रियाको खोजी’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले अदालत सबै नागरिकका लागि सहज र खुला हुनुपर्ने उल्लेख गर्दै मुद्दा दर्ता नगर्ने तथा अनावश्यक रूपमा अल्झाएर राख्ने प्रवृत्तिको बारले निरन्तर विरोध गर्ने बताए ।

बारका अनुसार पछिल्लो समय संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनबाटै दर्ता नगरी फर्काइने गरिएको छ । त्यस्तै, त्यस्ता निर्णयविरुद्ध परेका निवेदनसमेत लामो समयसम्म दर्ता नगरी न्यायिक प्रक्रियामा बाधा पु¥याइएको आरोप बारको छ ।

यस्तै, अदालतमा विचाराधीन विषयमाथि संसद्मा छलफल भएको विषयप्रति पनि नेपाल बार एसोसिएसनले असन्तुष्टि जनाएको छ ।

 

     

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित नभएपछि केही समय अवरुद्ध बनेको छ । विनियोजन विधेयकमाथिको छलफल चलिरहेका बेला विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री उपस्थित नभएसम्म बोल्न अस्वीकार गर्दै रोष्ट्रममै अडान लिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

छलफलका क्रममा बोल्ने पालो आएका राईले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने व्यक्ति स्वयं बैठकमा अनुपस्थित हुनु उचित नभएको भन्दै आपत्ति जनाए । उनले अर्थमन्त्री नआएसम्म आफू रोष्ट्रम नछाड्ने बताए ।

“जसले विधेयक प्रस्तुत गरेको हो, उही व्यक्ति नहुँदा कसरी छलफल गर्ने ? सभामुखलाई मात्रै सुनाएर के अर्थ हुन्छ ? मन्त्री नआएसम्म म यहीँ बस्छु,” राईले भने ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्रीलाई जानकारी गराइसकिएको र उनी आउँदै रहेको जानकारी दिएका थिए । सभामुखले “अर्थमन्त्री आउँदै हुनुहुन्छ, कृपया प्रक्रिया अगाडि बढाउनुस्” भनेपछि पनि राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले प्रधानमन्त्री र अर्थमन्त्री दुवै पटक–पटक संसद्मा अनुपस्थित हुने गरेको उल्लेख गर्दै यसले संसदीय परम्परा कमजोर बनाएको टिप्पणी गरे । “यदि सरकार नै जिम्मेवार नहुने हो भने प्रतिपक्षलाई देश चलाउन दिनुपर्छ,” उनले कटाक्ष गरे ।

राईले आफ्नो अडान कायम राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगनपछि प्रतिनिधिसभाको बैठक पुनः सञ्चालनमा आएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले ओरालो लागेको छ । आज परिसूचक ६ दशमलव ५१ अंकले घटेर दुई हजार ७२४ दशमलव ३९ बिन्दुमा कायम भएको हो ।

बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । मंगलबार आज ७८ लाख १६ हजार ४७८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार २ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका ३४६ धितोपत्रमध्ये ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ ।

यसदिन विकास बैंक शून्य दशमलव ७७, निर्जीवन बीमा शून्य दशमलव ५६, माइक्रोफाइनान्स शून्य दशमलव १२ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।

यस्तै व्यापार १ दशमलव २४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, होटेल तथा पर्यटन शून्य दशमलव ५६, अन्य शून्य दशमलव ३९, लगानी र जीवन बीमा समूहको समान शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव २१ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक १४ दशमलव २६, नेपाल रिपब्लिक मिडिया ६ दशमलव ४१, दरमखोला हाइड्रो इनर्जी ३ दशमलव ६१ र ग्लोबल आएमी ब्यालेन्स फण्डको शेयर मूल्य ३ दशमलव ०९ प्रतिशतले बढेको छ ।

यसदिन सिटी होटल ६ दशमलव ८४, थ्री स्टार हाइड्रोपावर ५ दशमलव ८२ र झापा इनर्जीको शेयर मूल्य ४ दशमलव ४३ प्रतिशतले घटेको छ ।

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोल २ लाख ९५ हजार ३ सय रुपैयाँ कायम भएको हो । सोमबार तोलामा २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर ५ हजार ८५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं । ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्का आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । प्रारम्भिक अनुसन्धान तथा पोष्टमार्टम रिपोर्टका आधारमा उनले आत्महत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बेलुकी खड्काले घरको भुइँतल्लामा रहेको कोठामा सिलिङमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । उनलाई झुण्डिएको अवस्थामा देखेपछि उनका पिता महेश खड्काले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा घटनास्थल मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाएको थियो । घटनास्थलबाट मोबाइल लगायतका सामग्री नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनाअघि खड्काले सामाजिक सञ्जालमा बैंकका केही वरिष्ठ कर्मचारीको नाम र तस्बिर सार्वजनिक गरेका थिए । उनले बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, मानव संसाधन प्रमुख अनामिका सिंह कुँवर तथा डेपुटी सिइओ सुमन पोखरेललाई उल्लेख गर्दै पोस्ट गरेका थिए ।

प्रहरीले खड्काले उल्लेख गरेका वरिष्ठ कर्मचारी, उनी कार्यरत शाखाका कर्मचारी तथा सम्बन्धित प्रदेश कार्यालयका पदाधिकारीसँग पनि बयान लिने तयारी गरेको छ ।

स्रोतका अनुसार केही समयअघि बैंकले खड्कासँग स्पष्टीकरण मागेको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए । यद्यपि, स्पष्टीकरण कुन विषयमा मागिएको थियो भन्ने खुलेको छैन । राजीनामा स्वीकृत भएकै दिन उनले सामाजिक सञ्जालमा ‘तिमीहरूले मलाई मार्यौ’ भन्ने सन्देश लेखेको खुलेको छ ।

खड्का यसअघि बैंकको चारआली शाखामा शाखा प्रबन्धकका रूपमा कार्यरत थिए । पछि उनलाई विराटनगरस्थित प्रादेशिक कार्यालयमा सरुवा गरिएको थियो । ग्लोबल आईएमई बैंकमा आउनुअघि उनी ज्योति विकास बैंकमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ ।

घटनापछि उत्पन्न परिस्थितिबारे बैंक व्यवस्थापनभित्र आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी राखेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।