काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेखनीय रूपमा बढेको छ । आज नेप्से ५४ दशमलव ५१ अंकले उकालो लाग्दै २ हजार ९३१ दशमलव ५५ विन्दुमा पुगेर बन्द भएको हो ।

आज कुल ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको कारोबार भएकोमा आइतबार कारोबार रकममा पनि वृद्धि देखिएको छ ।
कारोबार भएका ३६४ धितोपत्रमध्ये १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको घटेको छ। यस्तै ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आइतबार ब्यापार (शून्य दशमलव ११ प्रतिशत)बाहेक सबै समूहको उपसूचक बढेको छ । यसदिन माइक्रोफाइनान्स सर्वाधिक ४ दशमलव २१ प्रतिशतले बढेको छ ।
यस्तै होटेल तथा पर्यटन ३ दशमलव ०५, निर्जीवन बीमा २ दशमलव ७२, बैंकिङ २ दशमलव ४९, विकास बैंक २ दशमलव ४६, फाइनान्स २ दशमलव १३, जीवन बीमा २, उत्पादन तथा प्रशोधन १ दशमलव ९३, अन्य १ दशमलव ७१, म्युचुअल फण्ड १ दशमलव २४, लगानी शून्य दशमलव ७७ र हाइड्रोपावर समूहको उपसूचक शून्य दशमलव ३३ प्रतिशतले बढेको छ ।
आज ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा साल्पा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, रिलाइन्स स्पीनिङ मिल्स र भुजुङ्ग हाइड्रोपावर रहेका छन् ।
यसदिन एनआईसी एशिया ब्यालेन्स ५ दशमलव ७१, सुपर मादी हाइड्रोपावर ३ दशमलव १५, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्री २ दशमलव ९६, पिपुल्स हाइड्रोपावर २ दशमलव ६४ र घलेम्दी हाइड्राको शेयर मूल्य २ दशमलव ६१ प्रतिशतले ह्रास आएको छ ।









