२०८३ बैशाख १७ बिहीबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख १७ बिहीबार

शक्ति पाएपछि आउने आँखाको पट्टी खोल्नुपर्नेछ, नत्र हामीलाई ३६ दिन पनि जनताले कुर्दैनन्: रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नयाँ सांसदहरूलाई शक्ति प्राप्त भएपछि अहंकार र भ्रममा नपर्न कडा चेतावनी दिएका छन् । उनले जनतालाई धोका दिनेलाई अब ३६ दिनभन्दा बढी समय नदिइने स्पष्ट पारे ।

बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा लामिछानेले भने, शक्ति प्राप्त गरेपछि आँखामा जुन पट्टी आउँछ, त्यो खोल्न सक्नुपर्छ, नत्र जनताले अब ३६ दिन पनि कुर्दैनन् ।’

उनले विगतका राजनीतिक दलहरूले वर्षौंसम्म जनताको धैर्यको फाइदा उठाएको भए पनि अहिलेको परिस्थितिमा त्यस्तो मौका नभएको बताए । ‘जनताले अब छिटो मूल्यांकन गर्छन्। गल्ती दोहोर्याए तुरुन्त अस्वीकार हुनेछ,’ उनले भने ।

लामिछानेले अघिल्लो निर्वाचनमा रास्वपालाई दुई तिहाइ बहुमत दिन सक्ने अवस्था भए पनि जनताले जानाजानी सीमित सिट मात्र दिएको उल्लेख गरे । ‘हामीलाई नमात्तिउन् भनेर २०–२१ सिट मात्रै दिएका हुन् । पुराना दललाई पनि सुधार्ने मौका दिऊँ र नयाँलाई पनि परख गरौं भन्ने सोचका साथ जनताले विवेकपूर्ण निर्णय गरेका थिए,’ उनले भने ।

तर, दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको त्यो भरोसा कायम राख्न नसकेको आरोप उनी अघि सारे। उनले सांसदहरूलाई इमानदारी, जिम्मेवारी र अनुशासनका साथ जनताको विश्वास जोगाउन निर्देशन दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।