२०८३ बैशाख ५ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ५ शनिबार

नेपाली कांग्रेसले पार्टीको आन्तरिक अवस्था र हालैको निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत ६ गते शुक्रबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ।

बैठकमा केन्द्रीय सदस्यहरूसँगै प्रदेश सभापतिहरूलाई पनि सहभागी हुन निमन्त्रणा गरिएको छ। बैठकको मुख्य एजेन्डा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा र पार्टीको आगामी रणनीतिमा केन्द्रित रहने बताइएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो। तर, सभापति गगन थापासहित प्रमुख पदाधिकारीहरू निर्वाचनमा पराजित भएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ।

यसैबीच, पार्टीभित्र सभापति थापाको राजीनामा माग उठिरहेको छ। उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा थापाले राजीनामा दिने संकेत गरे पनि उनलाई पदमै रहन सुझाव दिइएको स्रोतले जनाएको छ।

साथै, कांग्रेसभित्र नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने आवाज पनि बलियो बन्दै गएको छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नयाँ सांसदहरूलाई शक्ति प्राप्त भएपछि अहंकार र भ्रममा नपर्न कडा चेतावनी दिएका छन् । उनले जनतालाई धोका दिनेलाई अब ३६ दिनभन्दा बढी समय नदिइने स्पष्ट पारे ।

बुधबार ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा लामिछानेले भने, शक्ति प्राप्त गरेपछि आँखामा जुन पट्टी आउँछ, त्यो खोल्न सक्नुपर्छ, नत्र जनताले अब ३६ दिन पनि कुर्दैनन् ।’

उनले विगतका राजनीतिक दलहरूले वर्षौंसम्म जनताको धैर्यको फाइदा उठाएको भए पनि अहिलेको परिस्थितिमा त्यस्तो मौका नभएको बताए । ‘जनताले अब छिटो मूल्यांकन गर्छन्। गल्ती दोहोर्याए तुरुन्त अस्वीकार हुनेछ,’ उनले भने ।

लामिछानेले अघिल्लो निर्वाचनमा रास्वपालाई दुई तिहाइ बहुमत दिन सक्ने अवस्था भए पनि जनताले जानाजानी सीमित सिट मात्र दिएको उल्लेख गरे । ‘हामीलाई नमात्तिउन् भनेर २०–२१ सिट मात्रै दिएका हुन् । पुराना दललाई पनि सुधार्ने मौका दिऊँ र नयाँलाई पनि परख गरौं भन्ने सोचका साथ जनताले विवेकपूर्ण निर्णय गरेका थिए,’ उनले भने ।

तर, दुई तिहाइ बहुमत प्राप्त सरकारले जनताको त्यो भरोसा कायम राख्न नसकेको आरोप उनी अघि सारे। उनले सांसदहरूलाई इमानदारी, जिम्मेवारी र अनुशासनका साथ जनताको विश्वास जोगाउन निर्देशन दिए ।

खोटाङको केपिलासगढी गाउँपालिका २, बालावेशीमा मंगलबार दिउँसो एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले घटनामा मानवीय क्षति नभएको जानकारी दिइन्। तर दुर्घटनामा परेका एक जना यात्रु घाइते भएका छन्।

खोटाङ प्रहरीले जनाएको छ कि हेलिकप्टर नाइन एन एएचक्यु हेलिकप्टर अवतरणका क्रममा हावाको तेज गतिले अनियन्त्रित भई भित्तामा ठोक्किएको हो। हेलिकप्टरमा पाइलट सविन थापा र पाँच जना यात्रु थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट आमाको काजकिरियाका लागि आएको परिवारका पाँच जनालाई लिएर हेलिकप्टर उडेको थियो। दुर्घटनामा बालावेशीस्थित हेलिकप्टर पल्टिँदा ५० वर्षीय काजीबहादुर राई घाइते भए। उनलाई एयर डाइनेष्टिको अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ।

चालक थापा र अन्य चार यात्रु सामान्य अवस्थामा छन्।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनको सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ छ । हिजो प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएको छ । हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

काठमाडौं । बागमती प्रदेश सरकार चालू आर्थिक वर्ष (आव) २०८२/८३ मा बजेट खर्चका हिसाबले कमजोर देखिएको छ । आवको आठ महिना बितिसक्दा समेत सरकारले कुल विनियोजित बजेटको एक चौथाइ रकम पनि खर्च गर्न सकेको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा प्रदेश सरकारले कुल बजेटको २२.३१ प्रतिशत मात्रै खर्च गरेको छ । अब बाँकी चार महिनामा करिब ७८ प्रतिशत बजेट खर्च गर्नुपर्ने चुनौती सरकारसामु देखिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको कुल बजेटमध्ये हालसम्म १५ अर्ब ५ करोड ८ लाख रुपैयाँ मात्र खर्च भएको छ । विशेषगरी विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च अत्यन्तै न्यून देखिएको छ ।

पुँजीगततर्फ छुट्याइएको ४१ अर्ब ४३ करोड ३५ लाख रुपैयाँमध्ये जम्मा १७.१२ प्रतिशत अर्थात् ७ अर्ब ९ करोड १८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यसले विकासका लागि विनियोजित अधिकांश बजेट अझै प्रयोग हुन नसकेको देखाउँछ ।

यता, प्रशासनिक तथा नियमित खर्चतर्फ भने तुलनात्मक रूपमा बढी प्रगति देखिएको छ । चालु खर्चतर्फ विनियोजित २६ अर्ब ४ करोड ३७ लाख ९९ हजारमध्ये ३०.५६ प्रतिशत अर्थात् ७ अर्ब ९५ करोड ९० लाख २५ हजार रुपैयाँ खर्च भएको छ ।

स्रोतका अनुसार आर्थिक वर्षको सुरुवातमै सरकार परिवर्तन र संरचना पूर्ण गर्न समय लागेकाले प्रारम्भिक चरणमै योजना कार्यान्वयन प्रभावित भएको थियो । त्यसमाथि जेनजी आन्दोलन र त्यसबाट भएको क्षतिका कारण बजेट कटौती तथा कार्यक्रम संशोधन गर्नुपर्दा खर्च प्रक्रिया थप प्रभावित भएको बताइन्छ ।

त्यसैगरी, ठूला आयोजनामा ठेक्का प्रक्रिया र सम्झौतामा हुने ढिलासुस्तीका कारण आधाभन्दा बढी समय कागजी काममै बित्ने गरेको छ । प्रभावकारी अनुगमन र समस्या समाधानमा नेतृत्वको सक्रियता अभाव हुँदा पनि विकासका कामले गति लिन सकेको छैन ।

अब आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा ‘असारे विकास’ दोहोरिने संकेत देखिएको छ । बाँकी चार महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्नुपर्ने दबाबका कारण खर्चको गुणस्तरमाथि प्रश्न उठ्ने सम्भावना बढेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदहरूको लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालले गरेका थिए । पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित थिएनन् ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आजको समापन समारोहमा सभापति लामिछाने र वरिष्ठ नेता शाह सहभागी हुने निश्चित भएको छ ।

उपसभापति अर्यालले शुभकामना मन्तव्य दिँदै सम्भव भएसम्म दुवै नेता कार्यक्रममा सहभागी हुने जानकारी दिएका थिए । यद्यपि रास्वपाले बुधबार सभापति लामिछानेको सहभागिता उल्लेख गरे पनि शाहको उपस्थितिको विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

काठमाडौं । चैत्र कृष्ण औँसीका अवसरमा आज परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा काठमाडौं उपत्यकाको पुरानो जात्रा हो, जुन प्राचीन कालदेखि नै सामाजिक र सांस्कृतिक रुपमा उपत्यकामा मनाइँदै आएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा बस्ने गुरुमापा नामको राक्षसले विगतमा शहरका बालबालिकालाई खाने गरेको थियो । स्थानीयवासीले विभिन्न उपायले यसलाई रोक्ने प्रयास गरे तापनि, यसको प्रेतात्मा अझै जाग्ने डर रहिरहन्थ्यो ।

त्यसैले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीमा घोडेजात्रा मनाइन्छ । घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने विश्वास छ । पर्वको राति रूखको फेदमा गुरुमापाका लागि खानेकुरा पनि राखिन्छ । यसरी यो जात्रा शहरका बालबालिकालाई अनिष्टबाट बचाउने संस्कृतिसँग जोडिएको छ ।

सरकारले आज घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

घोडेजात्रा किन मनाइन्छ ?

परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने भनाई छ ।

अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियान प्रभावकारी रूपमा जारी छ । अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्, जसमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंका अनुसार जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अहिले सम्म लक्षित जनसङ्ख्याको ३१.१ प्रतिशतले खोप सेवा लिइसकेका छन् । उनका अनुसार स्थानीय तहसँगको समन्वय र सहकार्यका कारण अभियान अपेक्षाअनुसार प्रभावकारी रूपमा अघि बढिरहेको छ ।

जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार मध्यविन्दु नगरपालिका र बौदिकाली गाउँपालिकामा खोपको प्रगति विशेष रूपमा उच्च देखिएको छ । मध्यविन्दुमा ४९.८ प्रतिशत र बौदिकालीमा ४७ प्रतिशत नागरिकले खोप लगाइसकेका छन् ।

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गर्दै यही चैत १ गतेदेखि ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत करिब एक लाख ५० हजार नागरिकलाई खोप दिन योजना गरिएको छ । प्रमुख चापागाईंले सबै लक्षित नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरे ।

स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जिल्लामा इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । छ जनाको मृत्यु भइसकेको छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा सात जनामा सङ्क्रमण पुष्टि भएकोमा पाँचको मृत्यु भएको थियो भने २०८०/८१ मा आठ जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको थियो । स्वास्थ्यकर्मीहरूले भने अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेकाले लक्षित उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं । पश्चिम एसियामा विकसित युद्धको प्रभावका कारण रोकिएको प्रक्रिया पुनः सुचारु गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत तथा बिदामा नेपाल आएका श्रमिकहरूले पुनः रोजगारीमा फर्किन श्रम स्वीकृति लिन पाउने भएका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, ती देशमा काम गरिरहेका र अस्थायी रूपमा नेपाल फर्किएका श्रमिकहरूलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो । यससँगै, रोकिएको प्रक्रिया पुनः सञ्चालनमा आएपछि विदेश फर्किन चाहने श्रमिकलाई सहज हुने मन्त्रालयको अपेक्षा छ ।

यसअघि पश्चिम एसियामा विकसित युद्धको अवस्थाका कारण श्रम स्वीकृतिसम्बन्धी सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।